ad ad

अटो


महिन्द्राको मनसुन सर्भिस क्याम्प मंगलबारदेखि

महिन्द्राको मनसुन सर्भिस क्याम्प मंगलबारदेखि

नेपालखबर
असार १६, २०७६ सोमबार १३:४५,

 नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटोवर्कसले मनसुन सर्भिस क्याम्प संचालन गर्न लागेको छ । ‘मनसुन सर्भिस क्याम्प’ असार १८ देखि २० गतेसम्म संचालन गरिने कम्पनीले जनाएको छ ।

यो मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङगे्र गाडीहरुलाई विभिन्न ३० चेक प्वाइटहरुमा दक्ष प्राविधिकहरुले जाँच गर्नेछन् । साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरुलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यहरुमा १० प्रतिशत छुटको व्यवस्था साथै नि:शुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्नै व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यो सेवा नेपालभर एकैचोटी बालाजु अटोवर्कस अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरुमा उपलब्ध गरिनेछ ।

महिन्द्रा गाडीका ग्राहकहरुले योे विषेश सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक र्वकशपमा छिटो भन्दा छिटो बुकिङ्ग गर्नुपर्ने जानकारी कम्पनीले गराएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .