ad ad

अटो


नेपाल वायुसेवा निगम ६२औं वर्षमा

नेपाल वायुसेवा निगम ६२औं वर्षमा

नेपालखबर
असार १६, २०७६ सोमबार ११:१८,

नेपाल वायुसेवा निगम सोमबारदेखि ६१ वर्ष पूरा गरी ६२औं वर्षमा प्रवेश गरेको छ। आगामी दिनमा निगमले झनै परिपक्व र गुणस्तरीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

निगमले विमानसंख्या थप गर्ने बजार विस्तार गर्ने गन्तव्य बढाउने र अन्तर्राष्ट्रिय उडानमा बजार बढाउँदै जानेतर्फ प्रयास थालेको जनाएको छ। विमानको मर्मतसम्भार र उडानमा आवश्यक प्राविधिक जनशक्तिको विकासका साथै व्यवस्थापन सुधार उच्च प्राथमिकतामा राख्नुको साथै समयको मागअनुसार सुदृढतातर्फ अगाडि बढ्ने काम भएको बताएको छ।

नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता नवराज कोइराला भन्छन्, ‘अहिलेको चुनौती भनेकै अन्य अन्तर्राष्ट्रिय ठूला विमान कम्पनीसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकासमा गम्भीरताका साथ लागेको र यसमा निगम सक्रिय छ साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानहरुको मर्मतसम्भारको प्रत्याभूति गरिएको छ।’ यस्तै उडानमा नियमितता र विश्वसनीयताले निर्धारित लक्ष्यलाई पार गरेको छ भने सिट क्षमताअनुसार यात्रुहरुको संख्यामा वृद्धि भएको सहायक प्रवक्ता कोइराला बताउँछन्।

निगमको विकास र समृद्धिमा नेपाल सरकारको सहयोग विशेष रुपमा उल्लेखनीय रहेको छ। सुरक्षित उडान, नियमितता र विश्वसनीयता बढाउँदै भविष्यमा नयाँ–नयाँ सम्भावना खोज्न निगम अल्पकालीन र दीर्घकालीन योजना तयार गरी त्यसको कार्यान्वयनमा सक्रिय रहने निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .