टाइड वाटर आयल कम्पनी (भारत)को अधिकृत बिक्रेता भीजी ल्युब प्रालिले थाइल्यान्डमा डिलर भेटघाट आयोजना गरेको छ। कम्पनीले यही माघ १६ गते गरेको कार्यक्रम थाइल्यान्डको पटायामा रहेको होटल बेभर्लेमा भएको हो।
नेपालमा कम्पनीले विगत ५ वर्षयता भिडोल लुब्रिकेन्टको बिक्रीवितरण गर्दै आएको छ। भिडोल ब्रान्ड विश्व लुब्रिकेन्ट बजारमा चर्चित रहेको छ। टाइड वाटर भारतीय लुब्रिकेन्ट बजारमा लामो इतिहास बोकेको कम्पनी हो। सन् १९२८ यता कम्पनीले व्यवसाय गर्दै आएको छ।
कम्पनीले नै भिडोल ब्रान्डका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीका ६० बिक्रेता, ६ सय ५० डाइरेक्ट डिलरले ५० हजार रिटेल आउटलेटमा सेवा दिँदै आएका छन्। कम्पनीले इन्जिन आयल, गियर आयल, ट्रान्समिसन आयल, ग्रिजलगायतको पनि उत्पादन तथा बिक्रीवितरण गर्ने गर्छ। कम्पनीको भारतमा पाँचवटा प्लान्ट छन्।
भेटघाट कार्यक्रमलाई भिडोल इन्डियाले पनि सहयोग गरेको थियो। कार्यक्रममा भिडोल इन्टरनेशनलका जीएम भरत प्रधानले प्रस्तुति दिएका थिए भने सीईओ विवेक बिजुक्छे, बिजनेस हेड दिनेश खनालले पनि प्रस्तुति दिएका थिए। सो क्रममा भिडोलको नेपाल र विश्व व्यवसायबारे जानकारी दिइएको थियो।
कार्यक्रममा भरत प्रधानले नयाँ लुब्रिकेन्ट प्याक, दिनेश खनालले नयाँ स्किम सार्वजनिक गरेका थिए। डिलरहरुबीच अन्तक्र्रिया गरिएको कार्यक्रममा डिलरहरुले व्यवसायबारे बताएका थिए।

प्रतिक्रिया