ad ad

अटो


केटीएमको नयाँ मोटरसाइकल आउँदै

केटीएमको नयाँ मोटरसाइकल आउँदै

नेपालखबर
असार १०, २०७६ मंगलबार ११:१४,

 युरोपयन मोटरसाइकल कम्पनी केटीएमले विश्व बजारमा नयाँ मोटरसाइकल आरसी १२५ एबीएस लन्च गर्ने घोषणा गरेको छ। भारतीय बजारमा यसको मूल्य १ लाख ४७ हजार २ सय १३ भारु पर्ने बताइएको छ।

कम्पनीको अनुसार यो नयाँ मोटरसाइकलमा सिंगल सिलिन्डर ४ वाल्च डीओएचसी लिक्विड कूल्ड फ्युल इजेक्सन १२४.७ सिसीको इन्जिन रहेको छ। नयाँ आरसी १२५ मोटरसाइकल सौखिनका लागि यो सुपरस्पोर्ट रहेको छ। केटीएमको मोटो जीपी मोटरसाइकल आरसी १६ देखि प्रेरित यो एक हलुका किसिमको रहेको छ। यो मोटरसाइकल कच्ची एव पिच रोड दुवैका लागि सक्षम कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ, आरसी १२५ पनि रेडी टु रेस मोटरसाइकल रहेको छ। यसमा पनि केटीएम कै स्टील ट्रेलिस फ्रेम, डब्ल्यूपीको उपसाइड आवाज सस्पेन्सन रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .