ad ad

अटो


कार मेलाको अवसरमा इटहरीमा टाटाको 'टियागो जेटएक्सप्लस' सार्वजनिक

कार मेलाको अवसरमा इटहरीमा टाटाको 'टियागो जेटएक्सप्लस' सार्वजनिक

नेपालखबर
असार ८, २०७६ आइतबार ५:१७,

टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले र सिप्रदी ट्रेडिङ्गको आधिकारिक बिक्रेता गोयल अटो प्रा.लि.को सहकार्यमा इटहरीमा टाटा कार मेला आयोजना गरेको छ। मेलामा टाटा मोटर्सको भर्खरै बजारमा आएको टियागो जेटएक्सप्लस कारको इटहरीमा लन्चिङ समेत गरिएको थियो।

हरेक दिन बिहान ११ः०० बेजदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन भएको मेला तीन दिनसम्म चलेको थियो। अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार मेलामा टाटाका विभिन्न मोडलका गाडीहरु समेत बिक्री भएको आयोजकले जनाएको छ। यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किनबेचको सुविधा समेत प्राप्त गरेका थिए।

tata 2

मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न सक्ने व्यवस्था पनि रहेको थियो।

मेलामा ग्राहकहरुले तत्काल फाइनान्सिङकको सुविधा, पुरानो गाडीको उत्कृष्ट मूल्याकंन, टेष्ट ड्राइभ र एक्सचेन्ज लोयल्टी बोनसजस्ता सेवा तथा सुविधाहरु पाएको बताइएको छ। मेलामा फोटो सुटका साथै स्वादिष्ट परिकारका स्टलहरु राखिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .