ad ad

अटो


योग दिवसमा टाटा मोटर्स र सिप्रदीले गरे १६ सहरमा कार्यक्रम

योग दिवसमा टाटा मोटर्स र सिप्रदीले गरे १६ सहरमा कार्यक्रम

नेपालखबर
असार ६, २०७६ शुक्रबार १२:३१,

विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९ को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको भव्य आयोजना गर्दै दिवस मनाएका छन्।

सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटा मोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए। अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्राष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो।

sipradi 1 1

कार्यक्रममा टाटा मोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरूसहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो। आधिकारिक योग प्रशिक्षकहरूले योग सत्रको आयोजना गरेका थिए।

sipradi 3 1

एक हजार वर्ष पुरानो योग शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यास हो। योग अभ्यास गर्नेहरूमा योगले प्रदान गर्ने फाइदाहरूको पहिचानस्वरूप संयुक्त राष्ट्रसंघले केही वर्षअघि यो योग दिवस मनाउने निर्णय गरेकोमा अहिले धेरै देशहरूले आत्मसात गरेको यो विश्वव्यापी पहलमा सिप्रदी पनि सहभागी भएको हो।

यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा कार्यक्रम बिस्तार गरिएको थियो। सिप्रदी टेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “सिप्रदीको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाले वार्षिक रूपमा लगातार अन्तर्राष्ट्रिय योग दिवस मनाएको यो तेस्रो पटक हो। योग अभ्यास व्यायामका बारे मात्र होइन यो त स्वअनुशासन र स्वचेतनाप्रति प्रतिबद्धता हो।'

sipradi 4 1

योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए। नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटा योद्धाका ग्राहकहरूको पहलमा गरिएको थियो। अमृत भोजनसँगै सरसफाई कार्यक्रम पनि सम्पन्न भयो।

कार्यक्रमका बारेमा बोल्दै सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले भने, 'यो वर्षको योग दिवस “मुटुका लागि योग” भन्ने मूलनारासहित मनाइयो र मलाई खुसी लाग्यो यो कार्यक्रममा युवादेखि विभिन्न उमेर समूहका मानिसहरूको सहभागिता थियो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .