विगत ५२ वर्षदेखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभर फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ।
जनकपुरमा श्रेया अटोमोबाइल्सले विगत केही महिनादेखि टोयोटाका गाडीहरु बिक्री गर्दै आइरहेको र हालसम्म २५ वटा गाडी बिक्री भइसकेका छन्।
सञ्चालनमा आएको केही समय बितिसके पनि श्रेया अटोमोबाइल्स डिलरको उद्घाटन भने भव्य समारहोका बीच आज जनकपुरमा सम्पन्न भयो।
उक्त कार्यक्रममा कैलाश र महेश प्रमुख अतितिका रुपमा उपस्थित थिए।
उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया