ad ad

कारोबार


उपत्यकामा दसैँका लागि खसी बोका किन्न ग्राहकको भीड

उपत्यकामा दसैँका लागि खसी बोका किन्न ग्राहकको भीड

फाइल फाेटाे


नेपालखबर
असोज २१, २०७८ बिहिबार १८:१, काठमाडौँ

काठमाडौं उपत्यकामा दसैँ लक्षित खसि बोका भित्रिन थालेको छ।

कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो। कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसी बोका नआएको कारण मूल्यमा वृद्धि भएको छ।

हिमाली जिल्लाबाट आउने च्याङ्ग्रा पर्याप्त नआएपनि खसी बोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेको छ। काठमाडौं भित्रिने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन्।

अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्‍ग्रा ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ मूल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरुले गुनासो गरेका छन्। नेपालमा आउने च्याङ्‍ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सीमावर्ति गाउँबाट पनि आउँछन्। कोरोना संक्रमणको जोखिमका कारण सीमा नाका नखुल्दा च्याङ्‍ग्राको मूल्य बढेको छ।

काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी बोका आउन थालेको छ। जिउँदो खसी बोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीले बताएका छन्।

काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसी बोका बिक्री गर्दै आएको छ। कम्पनीले भोलि शुक्रवारबाट खसी बोका बिक्री गर्ने बताइसकेको छ। यसबाहेक फूलपातीको दिनदेखि काठमाडौंका चोकहरुमा किसान आफैँ आएर समेत खसी बोका बेच्ने गर्दछन्।

काठमाडौंमा दसैँको बेला खसी बोकाको मासु ११ लाख किलो भन्दा बढी खपत हुने अनुमान गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .