ad ad

खेल


एसेज शृंखला: बेन स्टोक नायक बन्दा इंग्ल्याण्डको रोमाञ्चक जित

एसेज शृंखला: बेन स्टोक नायक बन्दा इंग्ल्याण्डको रोमाञ्चक जित

नेपालखबर
भदौ ८, २०७६ आइतबार १६:११,

योसँगै एसेज शृंखला १-१ को बराबरीमा पुगेको छ। यसअघि पहिलो टेस्ट अष्ट्रेलियाले जितेपनि दोस्रो भने बराबरीमा टुंग्गिएको थियो।

३५९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई ७३ रन आवश्यक भएका बेला अन्तिम विकेटका रुपमा बेन स्टोक्सलाई साथ दिन ज्याक लिच क्रिजमा आएका थिए। 

यस टेस्टमा स्टोक्सले ६ हप्ता अघि विश्वकप फाइनलमा इंग्ल्याण्डलाई जिताउन उत्कृष्ट एकल इनिङ खेलेको स्मरण गराए।

नाथन लायनलाई तीन छक्का तथा जोस हजलवुड लगातार तीन बलमा चौका, छक्का र छक्का प्रहार गर्दै स्टोक्सले आफ्नो सय रन पूरा गरेका थिए।

इंग्ल्याण्डलाई जितका लागि १७ रन आवश्यक भएका बेला थर्डम्यानमा स्टोक्सको क्याच मार्कुस हेरिसले ड्रप गरे। अर्को ओभरमा लिच रन आउट हुन्थे तर लायनले बल समातेर स्टम्प्स ढाल्न सकेनन्। लगत्तै स्टोक्स एलबीडब्लुको सिकार भैसकेका थिए तर अम्पाएरले नदिएपछि अष्ट्रेलियासँग कुनै टिभी रिभ्यु पनि बाँकी थिएन।

पेट कमिन्सको अर्को ओभरमा लिचले एक रन लिदै खेल बराबरीमा पुर्‍याए। लगत्तै अर्को बलमा स्टोक्सले चौका प्रहार गर्दै खेल जिताए।

योसँगै दुई खेल खेल्न बाँकी रहँदा शृंखला १-१ को बराबरीमा पुगेको छ। चौथो टेस्ट ओल्ड ट्राफोर्डमा ४ सेप्टेम्बरबाट शुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .