ad ad

राजनीति


‘राजादेखि विप्लवसम्म अटाउन सक्ने व्यवस्था मौलिक प्रजातन्त्र’

‘राजादेखि विप्लवसम्म अटाउन सक्ने व्यवस्था मौलिक प्रजातन्त्र’

नेपालखबर
असोज २, २०७६ बिहिबार १४:३१,

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न माग गरेको छ।

संविधान दिवसको पूर्वसन्ध्यामा बसेको राप्रपाको बैठकले राजनीतिक मतभेद छोडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न आग्रह गरेको छ।

यस्तै, राप्रपाले गणतन्त्र स्थापना भएको १३ वर्ष र संविधान जारी भएको ४ वर्षको समिक्षा पनि गरेको छ।

पार्टीले अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्त अनुरुप धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने तर्फ बहस प्रारम्भ गर्न पनि सम्पूर्ण राजनीतिक शक्तिलाई आब्हान गरेको छ।

यस्तै, राप्रपाले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल सुरु गरेको जनाएको छ।

राप्रपाले मौजुदा बिभागहरुमा केही जिम्मेवारी हेरफेर र थप गरेको छ। जसमा अन्तर्राष्ट्रिय सम्बन्ध बिभागको प्रमुखमा अध्यक्ष कमल थापा, सदस्य सचिवमा प्राडा गीताभक्त जोशी, प्रदेश समन्वय समितिको प्रमुखमा बरिष्ठ नेता दिपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरी, प्रदेश नं ५ को इन्चार्जमा उपाध्यक्ष प्रेम बहादुर भण्डारी, मानव अधिकार तथा कानुन बिभागको प्रमुखमा उपाध्यक्ष टंक ढकाल, सदस्य सचिवमा सहायक महामन्त्री रेणुदेवी साह, सामाजिक बिभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की, सदस्य सचिवमा केन्द्रीय सदस्य आशा लामा, सुदुर पश्चिम प्रदेशको इन्चार्जमा उपाध्यक्ष नरेन्द्र बहादुर चन्द, केन्द्रीय निर्वाचन समितिको प्रमुखमा उपाध्यक्ष तोरण बहादुर गुरुङ्ग, सदस्य सचिवमा बरिष्ठ अधिवक्ता राजु बस्नेत, धौलागिरी क्षेत्रको प्रमुखमा उपाध्यक्ष भिम प्रसाद गौचन, प्रदेश नंं २ को इन्चार्जमा उपाध्यक्ष महेशलाल महासेठ, विशेष कार्ययोजना परिचालन समितिको प्रमुखमा प्रवक्ता सुशील कुमार श्रेष्ठ, सदस्य सचिवमा सहायक प्रवक्ता रमानन्द न्यौपाने अक्षय कोष निर्माण समिति तथा उपनिर्वाचन परिचालन समितिको प्रमुखमा प्रवक्ता निलकण्ठ काफ्ले, उद्योग प्रवर्धन विभागको प्रमुखमा सहमहामन्त्री दिपक बहादुर सिंह, वैदेशिक रोजगार समन्वय बिभागको प्रमुखमा सहमहामन्त्री चन्द्र बहादुर गुरुङ्ग रहेका छन्।

यसैगरी पार्टी सम्पत्ति संरक्षण बिभागको प्रमुखमा सहमहामन्त्री भरत रायमाझी, कर्णाली प्रदेशको इन्चार्जमा सहमहामन्त्री राजेन्द्र विर राय, विपद व्यवस्थापन विभागको प्रमुखमा सहायक महामन्त्री इन्द्र चित्रकार, सूचना तथा प्रविधि बिभाग (आइटी) को प्रमुखमा सहायक महामन्त्री राजाराम बर्तौला, राजनीतिक विभागको सदस्य सचिवमा सहायक महामन्त्री बसन्तमान सिंह अधिकारी, सहकारी समन्वय विभागको प्रमुखमा सहायक महामन्त्री तिर्थराज चटौत, प्रवासी महासंघको प्रमुखमा सहायक महामन्त्री प्रेम कुमार श्रेष्ठ, यातायात विभागको प्रमुखमा सहायक महामन्त्री लिलादेवी श्रेष्ठ, सदस्य सचिवमा देवेन्द्र प्रधान, पर्यटन बिभागको सदस्य सचिवमा सहायक महामन्त्री मदन बहादुर कार्की, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहायक महामन्त्री विन्दु पहाडी, धर्म तथा संस्कृति समन्वय विभागको प्रमुखमा कान्ता भट्टराई, आर्थिक बिभागको सदस्य सचिवमा पुष्कर ढुङ्गेल, जनसम्पर्क विभागको प्रमुखमा दिलिप बस्नेत, बालबालिका तथा जेष्ठ नागरिक बिभागको प्रमुखमा अम्बिका प्रसाद अधिकारी, खेलकुद बिभागको सदस्य सचिवमा दिनेश कार्की रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .