फेसबुकमाथि प्रविधि चोरीको आरोप

सोमबार एक भिडियो गेम कम्पनीले फेसबुकविरुद्ध प्रविधि चोरेको आरोपमा लगाएको मुद्दामा सुनुवाई सुरु भएको जनाइएको छ। अमेरिकाको डल्लासमा भिडियो गेम कम्पनी जेनीम्याक्सले फेसबुकको स्वामित्वमा रहेको ओकुलस भिआरले आफ्नो प्रविधि चोरेको र सो कुरालाई लुकाउन झुठो बोलेको भन्दै मुद्दा दायर गरेको थियो।

ओकुलसलाई फेसबुकले सन् २०१४ मा २ अर्ब डलर तिरेर किनेको थियो। जेनीम्याक्सले ओकुलसको भर्चुअल रियालिटी गगल्सको प्रविधि चोरेको थाहा हुँदाहुँदै फेसबुकले त्यसलाई किनेको आरोप लगाउनुका साथै फेसबुकबाट २ अर्ब डलर रुपैँया क्षतिपूर्तिको माग गरेको छ। 

तर फेसबुकले आफूले कुनै गलत काम नगरेको भन्दै सो आरोप अस्वीकार गरेको छ। यद्यपि जेनीम्याक्सको सो आरोपका बारेमा बयान दिन फेसबुकका सँस्थापक मार्क जुकरबर्गलाई अदालतमा बोलाइनसक्ने पनि जनाइएको छ। एजेन्सी

प्रकाशित 2017-01-11 20:34:04