जाडोका लागि दाउराबाट चल्ने फलामे हिटर



हिमाली भेगमा हुने गरेको रुख कटानी र फँडानी अब कम हुने भएको छ। लामो समयदेखि वनजंगल कटानी गरेर इन्धनको रुपमा अत्यधिक प्रयोग हुँदै आएको दाउराको प्रयोग अबका दिनमा कम हुने भएको छ। यसमा लागि नेपाल अस्ट्रियन स्टोप मेटल वर्कसप (नास) ले सहयोग गर्ने भएको छ। यो वर्कसप शुकबारदेखि काठमाडौँमा सञ्चालनमा आएको हो।

दाउराबाट चल्ने रुम हिटरले जंगल फडानी कम गर्न सहयोग गर्ने नासका प्रबन्धक टेक बहादुरले श्रेष्ठले बताएका छन्।

काभ्रेपलाञ्चोकका उनले २८ वर्षदेखि फलामको काम गर्दै आएको भए पनि रुम हिटरको काम भने उनले तालिमपछि मात्र सुरुवात गरेका हुन्। यसले अब टेकबहादुरको दैनिकीमा समेत परिवर्तन आउने भएको छ। किनभने उनले यस्तो हिटर निर्माण थालनी गरेको जानकारी पाउने बित्तिकै अहिले १० ओटा हिटरको अर्डर आइसकेको छ।

यसलाई हिमाली भेगमा कमभन्दा कम दाउराको प्रयोग गरेर धेरै तातो प्राप्त गर्ने स्रोतका रुपमा लिन सकिन्छ। यो हिटरबारे प्रचारप्रसार भएमा धेरै नै बजार पाउने र हिमाली भेगका मानिसले मनग्य फाइदा लिन सक्ने उनको दाबी छ। पुरानो तरिकाअनुसार हिमाली भेगमा तातो प्राप्त गर्ने स्रोत भए पनि यो निकै फरक छ। यो प्रविधिले दाउरा कम लाग्ने, धुँवा नआउने लगायत फाइदा छ। यसले राष्ट्रिय निकुञ्ज, अन्य सामुदायिक वनजंगलबाट दाउरा चोरी हुने समस्यामा समेत कमी आउने उनको दाबी छ। ७० हजार रुपैयाँमा यो हिटर बजारमा पाउन सकिने उनले बताए।

फलामको काम गर्ने उनले यो वर्कसप खोल्नका लागि अस्ट्रियाबाट एक महिनाको तालिम लिएर आएका हुन्। यो हिटर चिसोको समयमा हिमाली भेगमा मात्र होइन काठमाडौं लगायतका अन्य सहरमा पनि उपयोगी हुने उनी बताउँछन्।

दुई वर्ष अगाडि उनले यो प्रशिक्षण लिएर आएका हुन्। तर २०७२ वैशाख १२ को भूकम्पले गर्दा काममा ढिलाइ भएको उनी बताउँछन्। भन्छन्, ‘भूकम्पका कारण यो काम सुरु गर्न समय लाग्यो। भूकम्पपछि धेरैजसो घरको काममा व्यस्त भएँ।' उनले हिटर बनाउने केही सामान जर्मनीबाट ल्याएको बताए।

उनका अनुसार ३० किलोग्राम दाउराले १० घन्टा पनि तातो नबस्ने समस्यामा रहेका हिमाली भेगका मानिसलाई अब ५ किलोग्राम दाउराले ५ घन्टा नै तातो प्राप्त गर्न सक्नेछन्।

यो तालिम लिएर हिटर निर्माणमा लाग्नका लागि उनलाई लाक्पा सोनाम शेर्पा, विभिन्न ट्रेकिङ एजेन्सीले सहयोग गरेका थिए। यो हिटर विभिन्न ठाउमा अनुसन्धान गरिसकेपछि माात्र प्रयोगमा ल्याइएको हो। यो हिटरलाई सोलुखुम्बु, नाम्चे, लुक्ला लयायतको ठाउमा परीक्षण गरिसकेपछि प्रयोगमा ल्याइएको हो। 

लाक्पाले भने, 'नेपालमा यसबारे अलि कम ज्ञान छ। तर यसको फाइदा धेरै छ। दाउराका लागि धेरै रुख काट्ने चलन घट्नेमा आशावादी छु।'

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 20:12:23

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...