सामसुङले ग्यालेक्सी ए सिरिजका तीन स्मार्टफोन बजारमा ल्याउँदै

सामसुङ
सामसुङले सोमबार ग्यालेक्सी ए सिरिजका तीन स्मार्टफोन बजारमा ल्याउने घोषणा गरेको छ। ग्यालेक्सी नोट ७ को ब्याट्रीमा खराबी देखिएपछि पहिलो पटक सामसुङले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउन लागेको हो।

यही महिना सामसुङले ग्यालेक्सी ए ३, ए ५ र ए ७ नामक फोन बजारमा ल्याउने भएको छ। स्क्रिनसाइज अनुसार फरक यी स्मार्टफोन सामसुङले सबैभन्दा पहिले रुसको बजारमा उतार्दै छ। ए ३ को डिस्प्ले ४.७, ए ५ को ५.२ र ए ७ को ५.७ इञ्च रहने जनाइएको छ। यी स्मार्टफोन डस्ट एन्ड वाटर रेसिस्टेन्ट भएको जनाइएको छ।

त्यसैगरी यी फोनमा १६ मेगापिक्सेलको क्यामरा, फिंगरप्रिन्ट सेन्सर, मेटल फ्रेम र ३ डी ग्लासजस्ता विशेषता रहेनेछन्। ग्यालेक्सी एस सिरिजका फोनहरुको विकल्पमा बजारमा ल्याइन लागिएका यी फोन सस्तो हुने र अधिकतम इन्टरनल स्टोरेज ३२ जिबी रहने जनाइएको छ। यी फोनका बजार मूल्य घोषणा गरिएको छैन। एजेन्सी

 

प्रकाशित 2017-01-03 13:20:54