भक्तपुरमा विज्ञान प्रदर्शनी



सिवर्ड इन्टरनेसनल उच्च मावि एवम् कलेज ठिमी भक्तपुरले आफ्नो १५ औँ स्थापना दिवसमा तेस्रो जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। जिल्लाका १६ वटा विद्यालय सहभागी भएका सो प्रदर्शनीमा गणेश मावि प्रथम, सुप्रिम उच्च मावि द्वितीय र ‘एजे’ सेकेन्डरी स्कुल तृतीय भएका छन्।

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राडा जीवराज पोखरेलले प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु सात हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित पदक र सिल्ड प्रदान गरे।

त्रिवि विज्ञान सङ्कायका पूर्वडीन तथा कलेजका सल्लाहकार प्राडा डिल्लीदेवी शाक्य र नास्टका वैज्ञानिक पवनकुमार न्यौपानले विज्ञान प्रदर्शनीले विज्ञानलाई स्थापित गर्न सहयोग पुग्ने बताए।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष एवम् कलेजका निवर्तमान अध्यक्ष शिवकृष्ण श्रेष्ठले विद्यार्थीले भौतिक, जीव र रसायन विज्ञानसंग सम्बन्धीत पक्षको प्रदर्शनी गरिएको बताए।

कलेज सञ्चालक समितिका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले वरिष्ठ फोटोग्राफर तथा क्यामेरा विशेषज्ञ मदनबाबु बज्राचार्यलाई सम्मान गरे। रासस

प्रकाशित ११ पुस २०७३, सोमबार | 2016-12-26 08:54:10

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभाव हुँदा चीनबाट जहाज ल्याउन रोकियो

    पहिले एमए ६० र त्यसपछि एकदुई महिनाको फरक पारेर वाई १२ ल्याउने उल्लेख थियो । तर, पाइटल अभाव भएकाले चिनियाँ जहाज विमानस्थलमै रोकिएर बसेका हुन्।...

  • माछापुच्छ्रेले नछेकेको सेती बगरको दु:ख

    झण्डै डेढ सय कामदार सेती नदीको किनारमा हातमुख जोर्नका लागि संघर्ष गरिरहेका देखिन्छन्। केही थुन्से बालुवा बटुल्न झण्डै एक दिन लाग्छ र ३०/३५ थुन्से...

  • खोटाङ दोर्पाका विभेशको बेलायती क्लब क्रिष्टल प्यालेससम्मको यात्रा

    ‘म प्रोफेसनल फुटबल खेलाडी बन्न चाहन्छु। मलाई लाग्छ मेरो खेल जीवनमा अहिले एउटा सुनौलो अवसरको ढोका खुलेको छ।’ लण्डनबाट ६० किलोमिटर टाढा केन्टको...

  • राजदूत रन्जित रेको कार्यकालः मोदीको भ्रमणदेखि नाकाबन्दीसम्म

    राजदूत रेले संविधान जारी गर्दा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीचमा भएको एकता टुटाएर दलहरुबीचमा द्वन्द्व बढाउन भूमिका खेलेको ठान्नेहरुको...