सुपर मारियोको खराब समीक्षाका कारण निन्टेन्डोको सेयर घट्यो



मोबाइल गेम सुपर मारियोको खराब समीक्षा आएपछि निन्टेन्डोको सेयरमा ११ प्रतिशतको गिरावट आएको छ। हाल एप्पलको एप स्टोरमा मात्र सो गेम उपलब्ध छ। धेरैले अन्य गेमभन्दा महंगो भएको भन्दै सुपर मारियोको आलोचना गरेका छन्।

पूरा गेमको मूल्य १० डलर राखिएको छ भने सुरुको तीन लेभल निशुल्क खेल्न सकिने जनाइएको छ। १५ डिसेम्बरमा सो गेम सार्वजनिक गरेयता लगातार कम्पनीको सेयरमा गिरावट आएको हो।

साथै, खेल्नका लागि सँधै इन्टरनेट आवश्यक पर्ने हुनाले पनि ग्राहकहरुले सुपर मारियोको आलोचना गरेका छन्।

कम्पनीको सेयरमा गिरावट आए पनि थुप्रै देशमा सुपर मारियो सबैभन्दा बढी नाफा कमाउने गेम बनेको छ। पहिलो ३ दिनमै यो गेम ३ करोड ७० लाख बढी पटक डाउनलोड भएको जनाइएको छ।

निन्टेन्डोले यसअघि साझेदार नियान्टिकसँग मिलेर पोकेमन गो खेल ल्याएको थियो, जुन अत्याधिक सफल भएको थियो। एजेन्सी

 

प्रकाशित ५ पुस २०७३, मंगलबार | 2016-12-20 16:52:45

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्री एयरलाइन्सको जहाज

    प्राधिकरणको अनुमति ढिलाइले श्री–एअरको जहाज क्यानडामै रोकियो

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति नदिँदा श्री एअरलाइन्सले ल्याउन लागेको दुई वटा जहाज क्यानाडामा रोकिएर बसेका छन्। तीन महिनादेखि बनेको...

  • अन्नपूर्णको फेदीमा आँखा अल्झँदा...

    नेपालको दशौँ अग्लो हिमाल अन्नपूर्ण (८०९१ मि) को आधार शिविर (४१३० मि) संसारभरमा परिचित छ। छपक्क हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर मात्र होइन...

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...