पुस्तकालयको लागि फेसबुकबाट जुट्यो तीन लाख रुपैंया



धवलागिरि अञ्चलकै जेठो विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासका लागि फेसबुकका माध्यमबाट रु तीन लाखभन्दा बढी रकम सङ्कलन भएको छ। तीन महिनाअघि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले हालसम्म तीन लाख १० हजार पाँचसय २१ रुपैयाँ उठेको जनाएको छ।

विसं २००३ सालमा स्थापित पुस्तकालयले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियानको प्रवद्र्धन गरिरहेको छ। रु १० लाखको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए।

‘एक व्यक्ति एक हजार’ अभियानमा देश–विदेशबाट सयौँ व्यक्ति जोडिनुभएको छ’, अध्यक्ष राजभण्डारीले भने,‘कतिपयले स्वेच्छिक रुपमा बढी रकम पनि सहयोग गर्नुभएको छ।’

अभियानका बारेमा पुस्तकालयले फेसबुकमा सूचना÷विवरण राखेपछि पुस्तकालयप्रेमीले स्वतःस्फूर्त रुपमा सहयोग गर्न थालेका थिए। सहयोगदाताको तस्बिर र सहयोग रकम पनि फेसबुकबाटै सार्वजनिक हुने हुँदा अरूलाई समेत प्रेरित गरेको पुस्तकालयका सचिव राम थापा ‘अविरल’ले बताए। ‘न्यूनतम एक हजार दिने सहयोगदातालाई प्रशंसापत्र पनि दिने गरेका छौँ’, सचिव थापाले भने।

फेसबुकमा अरूले गरेको सहयोग देखेर नै आर्थिक अभियानमा जोडिनेको सङ्ख्या बढेको उनको भनाइ छ। सहयोग गर्नेमा वैदेशिक रोजगारमा गएका बागलुङवासी बढी छन्। आउँदो छ महिनाभित्र अभियानबाट संस्थागत विकास कोषको रकम रु १० लाख पु¥याइने भएको छ।

कम सहयोग लिने तर धेरै जनाबाट लिने उद्देश्यले ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले जनाएको छ। प्रविधिको विकास र पाठकको मागलाई दृष्टिगत गरी पुस्तकालयले गत वैशाखदेखि विद्युतीय पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ।

‘इतिहास बोकेको पुस्तकालय आर्थिक समस्यामा पर्न थालेपछि आर्थिक अभियान सुरु गरेका हौँ’, अध्यक्ष राजभण्डारीले जानकारी दिए। हाल पुस्तकालयमा रु पाँच लाख जतिको अक्षयकोष छ।

पुस्तकालय र सँगै सञ्चालनमा रहेको बाल विकास केन्द्र सञ्चालनमा व्यवस्थापनले समस्या झेल्दै आएको । पछिल्लो समय पाठकको सङ्ख्यामा समेत ह्रास आउन थालेपछि पुस्तकालयले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर विद्युतीय पुस्तकालय सञ्चालन गरेको हो। विद्युतीय पुस्तकालय सञ्चालनमा आएपछि विद्यार्थी र पाठकको सङ्ख्या वृद्धि भएको जनाइएको छ।

पुस्तकालयको आम्दानीले कर्मचारी र अन्य व्यवस्थापन खर्च जुटाउन धौ–धौ परेपछि आन्तरिक कोष बढाउन लागिएको हो। विद्युतीय पुस्तकालय सञ्चालन, व्यवस्थापन र अन्य कार्य गर्न संस्थागत विकास कोषलाई प्रयोगमा ल्याइनेछ। विभिन्न भाषा र विधाका गरी १४ हजारभन्दा बढी पुस्तक पुस्तकालयमा सङ्ग्रहित छन्। रासस

प्रकाशित ३० मंसिर २०७३, बिहिबार | 2016-12-15 10:02:48

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...

  • यसरी खडेरी र पानी संकटले गाँज्दैछ एसियाली भूमि

    हामी खडेरीग्रस्त ग्रहमा बसेका छौं। यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन्।...

  • कालिञ्चोकको आकाशमुनि हिउँको पछ्यौरा

    दोलखामा रहेको कालिञ्चोक प्रख्यात धार्मिक स्थल हो। काठमाडौँबाट चरिकोट पाँच घण्टाको बसयात्रामा पुगिन्छ, त्यहाँबाट जीपमा केही घण्टामा कुरी र कुरीबाट...