क्यामरा जडानगरी निकुञ्ज र आरक्षमा बाघ गणना सुरु



राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तीन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा बाघ गणना सुरु गरेको छ।विभागले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रको वार्षिक कार्यक्रमअनुसार बाघको गणना सुरु गरेको हो। यसको लागि विभागले उच्च प्रविधिको क्यामरा प्रयोग गर्ने जनाएको छ।

गणना गरिएकामा बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ। विभागका सहायक इकोलोजिस्ट ऋषि रानाभाटले बाघको सङ्ख्या वार्षिक रुपमा घट्यो या बढ्यो भन्ने अध्ययन गर्नका लागि बाघको गणना गरिएको जानकारी दिए। बाघ गणनाले बाघको अवस्था के छ भन्नेबारे थाहा पाइने उनले बताए।

उनले भने, ‘हरेक वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षभित्र रहेको बाघको गणना गर्छौं, त्यहीअन्तर्गत अहिले गणना गरेका हौँ।’ सरकारी सहयोगमा हरेक पाँच वर्षमा बाघको राष्ट्रिय गणना गरिने गरिएको छ। विभागले सन् २०१३ मा गरेको गणनामा नेपालमा बाघको सङ्ख्या एक सय ९८ रहेको छ।

क्यामरा र दक्ष जनशक्ति कम हुँदा सबै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको गणना गर्न नसकिएको विभागले जनाएको छ। विभागका अनुसार हाल चार सयदेखि पाँच सयको हाराहारीमा बाघको अध्ययन गर्ने विशेष क्यामरा रहेका छन्। ‘राष्ट्रिय गणनाका लागि विभागले नयाँ खरिद गर्नुका साथै विदेशबाट क्यामरा ल्याउने गरेको छ’, रानाभाटले जनाए। रासस

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 09:13:48

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेसलाई रोक्न जोसँग पनि तालमेल गर्ने एमाले रणनीति

    एमाले नेताहरुले t उपेन्द्र यादव र विजय गच्छदारसँग तालमेलका लागि विमर्श सुरु गरेका छन्। ‘मधेसमा जोसँग मिल्दा हामीलाई फाइदा हुन्छ त्योसँग मिल्ने नीति...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • नवनिर्वाचित मेयर मानबहादुर जिसी

    महानगर हाँक्ने मानबहादुर

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो। उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो। उसलाई...

  • ‘देउवालाई नचिनेर पनि चुनाव जितिँदोरहेछ’

    कुराकानी पछि छुट्टिने बेला चिरिबाबु भन्दै थिए, ‘ चिरिबाबुले ललितपुरका सांस्कृतिक सम्पदाहरु जोगाएरै विकास गर्ने छ, विकासका नाउँमा जथाभावी गर्ने छैन,...