स्मार्टफोन लिएर आउँदै नोकिया



अर्को वर्ष नोकियाले दुई एन्ड्रोइड फोन बजारमा ल्याउने भएको छ। बजारबाट हराएको नोकिया मोबाइल २०१७ को मध्यसम्ममा फेरि देखिने भएको हो।

एक मध्यम दर्जाको स्मार्टफोन र एक फ्ल्यागशीप फोन गरी नोकियाले बजारमा दुई ओटा मोडेल ल्याउने तयारी गरिरहेको छ। कुनै समय सबैभन्दा राम्रो फोन बनाउने कम्पनीका रुपमा परिचित नोकियाले सन् २०१४ मा आफ्नो ब्रान्ड माइक्रोसफ्टलाई बेचेको थियो। माइक्रोसफ्ट अन्तर्गत लुमिया ब्राण्डका फोन बेचिँदै आएको थियो। तर माइक्रोसफ्टले स्मार्टफोन व्यापार छोडेपछि नोकिया फेरि बजार फर्किने भएको हो।

फेब्रुअरीमा नोकियाले आफ्नो फोनको विशेषता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित २१ मंसिर २०७३, मंगलबार | 2016-12-06 13:43:55

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुर्घटनाका घाइतेको उपचार भएन मनिपालमा

    उपचार लागि मनिपाल मेडिकल कलेज पुर्याइएका मुस्ताङका बस दुर्घटनाका घाइतेले उपचार नपाइ फर्कनु परेको छ। चिकित्सकको आन्दोलनका कारण मेडिकल कलेजबाट बिरामी...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...

  • उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

    जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो...

  • मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी

    छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

    पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि...