जर्मनीले विश्वमै पहिलो पटक शून्य उत्सर्जन रेल चलाउने



जर्मनीले विश्वकै पहिलो शून्य उत्सर्जन यात्रुबाहक रेल निर्माण गर्ने भएको छ। यस्तो रेल हाइड्रोजनले चल्नेछ, जसले कार्बन मोनोक्साइड, ओजोन, लिडजस्ता वातावरण तथा मानवीय स्वास्थ्यलाई हानी गर्ने पदार्थ उत्सर्जन गर्दैनन्।

कोराडिया आइलिन्ट नाम दिइएको यस्तो रेलले इन्जिनबाट वाफ मात्र निकाल्नेछ, जुन जर्मनीका ४ हजार डिजेल रेलका लागि विकल्प बन्ने जनाइएको छ।

कोराडिया आइलिन्ट फ्रान्सेली बहुराष्ट्रिय कम्पनी अल्स्टमले निर्माण गर्दैछ भने जर्मनीको लोअर स्याक्सोनी राज्यले सो कम्पनीबाट १४ ओटा यस्ता रेल किन्ने अनुबन्ध गरिसकेको छ।

यो रेल ठूला लिथियम–आयोन ब्याट्रीबाट चल्नेछ। ती ब्याट्रीले रेलको छतमा राखिएको हाइड्रोजन इन्धन ट्यांकीबाट उर्जा प्राप्त गर्नेछन्।

यो रेल प्रतिघण्टा ८७ माइलका दरले एक दिमा करिब ५ सय माइल यात्रा गर्नसक्ने जनाइएको छ। यो रेलबाट पाङ्ग्रा र हावाको आवाजबाहेक अन्य कुनै आवाज समेत आउने छैन।

जर्मनीमा यो रेलको परीक्षण यही वर्षको अन्त्यसम्ममा गरिने र डिसेम्बर २०१७ सम्ममा सार्वजनिक प्रयोगका लागि खुला गरिने जनाइएको छ।

शून्य उत्सर्जन रेल सर्वप्रथम गत अगस्टमा बर्लिनको ‘इन्नोट्रान्स ट्रेड शो’ सार्वजनिक गरिएको थियो। नेदरल्याण्ड, डेनमार्क र नर्वेले पनि यस्ता रेल सञ्चालनका लागि चासो देखाएका छन्।

हाइड्रोजनलाई अक्सिजनसँग जलाउँदा त्यसबाट ठूलो मात्रामा उर्जा निस्किन्छ र त्यसको ‘बाइप्रोडक्ट’ मात्र पानी हुने गर्दछ। नासाले सन् १९७० को दशकदेखि नै अन्तरीक्षमा यान चलाउनका लागि तरल हाइड्रोजनको प्रयोग गर्दै आएको छ। एजेन्सी

कोराडिया आइलिन्ट कसरी सञ्चालन हुन्छ भिडियोमा हेर्नुहोस्:

 

प्रकाशित ७ मंसिर २०७३, मंगलबार | 2016-11-22 13:09:23

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुर्घटनाका घाइतेको उपचार भएन मनिपालमा

    उपचार लागि मनिपाल मेडिकल कलेज पुर्याइएका मुस्ताङका बस दुर्घटनाका घाइतेले उपचार नपाइ फर्कनु परेको छ। चिकित्सकको आन्दोलनका कारण मेडिकल कलेजबाट बिरामी...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...

  • उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

    जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो...

  • मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी

    छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

    पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि...