नेपाली बजारमा जेडटिईका नयाँ स्मार्टफोन



जेडटिई मोबाइलको नयाँ स्मार्टफोन एक्जोन एलिट र एक्जोन मिनी नेपाली बजारमा भित्रिएको छ। ५.५ इञ्चको फुल एचडी डिस्प्ले रहेको एक्जोन एलिटमा ३ जिबीको र्‍याम र ३२ जिबीको इन्टरनल स्टोरेज क्षमता रहेको छ।

त्यसैगरी यो स्मार्टफोनमा स्न्यापड्रागन ८१० को २.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर र १३ तथा २ मेगापिक्सेलको डुअल क्यामरा रहेको छ। यस मोबाइलको फ्रन्ट क्यामरा ८ मेगापिक्सेल तथा ३ हजार एमएएचको ब्याट्री रहेको छ।

यस्तै एक्जोन मिनीमा पनि ३ जिबी र्‍याम र ३२ जिबी नै इन्टर्नल स्टोरेज, ५.२ इञ्चको डिस्प्ले, १.५ गिगाहर्जको अक्टाकोर प्रोसेसर, १३ मेगापिक्सेल अटोफोकस क्यामरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामरा र २८०० एमएएचको ब्याट्री रहेको छ।

नेपाली बजारमा एक्जोन एलिटको मूल्य ३३ हजार ९ सय रुपैँया रहेको छ भने एक्जोन मिनीको मूल्य २५ हजार ९ सय रुपैँया रहेको छ।

 

प्रकाशित १ मंसिर २०७३, बुधबार | 2016-11-16 15:14:00

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुर्घटनाका घाइतेको उपचार भएन मनिपालमा

    उपचार लागि मनिपाल मेडिकल कलेज पुर्याइएका मुस्ताङका बस दुर्घटनाका घाइतेले उपचार नपाइ फर्कनु परेको छ। चिकित्सकको आन्दोलनका कारण मेडिकल कलेजबाट बिरामी...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...

  • उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

    जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो...

  • मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी

    छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

    पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि...