ट्रम्पलाई जिताउन फेसबुकको हात छैनः जुकरबर्ग



फेसबुकका असत्य समाचारले डोनाल्ड ट्रम्पलाई भर्खरै भएको निर्वाचन जिताउन भूमिका खेलेको आरोप लागेपछि फेसबुकका सँस्थापक मार्क जुकरबर्गले त्यसको बचाउ गरेका छन्। क्यालिफोर्नियामा भएको एक टेक्नोलोजी कन्फेरेन्समा बोल्दै उनले फेसबुकको बचाउ गरेका हुन्।

‘फेसबुकमा सेयर भएका असत्य समाचारले अमेरिकी निर्वाचनलाई प्रभावित ग¥यो भन्नु सनकी विचार हो,’ उनले भने।

‘यदि यस्तो कुरामा तपाईंले विश्वास गर्नुभयो भने यो निर्वाचनमा ट्रम्प समर्थकले दिन खोजेको सन्देश तपाईंले बुझ्नु सक्नुभएन,’ उनले थपे।

यसअघि अमेरिकी चुनावका बारेमा सत्य समाचारभन्दा असत्य समाचार फेसबुकमार्फत बढी सेयर भएको केही तथ्यांक सार्वजनिक भएका थिए।

केही समयअघि फेसबुकलाई ट्रम्पविरोधी भएको र लिवरल पक्षधर समाचार ट्रेन्डिङ बक्समा देखिएको आरोप लागेको थियो। सो आरोपको खण्डन गर्दै फेसबुकले सबैभन्दा बढी पपुलर स्टोरी मात्रै देखाउने अल्गोरिदम सेट गरेको थियो। त्यसकैको नतिजास्वरुप धेरै झुठा समाचार मानिसको टाइमलाइनमा देखिन थालेको थियो।

‘मेरो उद्देश्य भनेको मानिसहरुलाई सेयर गर्ने शक्ति दिनु हो जसले गर्दा संसार अझ बढी खुल्ला र संयोजित हुन सकोस्। त्यसका लागि न्युज फिडलाई राम्रो बनाउने कोसिस हामी गरिररहेका छौँ,’ जुकरबर्गले थपे। एजेन्सी

प्रकाशित २६ कार्तिक २०७३, शुक्रबार | 2016-11-11 18:10:51

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...

  • यसरी खडेरी र पानी संकटले गाँज्दैछ एसियाली भूमि

    हामी खडेरीग्रस्त ग्रहमा बसेका छौं। यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन्।...

  • कालिञ्चोकको आकाशमुनि हिउँको पछ्यौरा

    दोलखामा रहेको कालिञ्चोक प्रख्यात धार्मिक स्थल हो। काठमाडौँबाट चरिकोट पाँच घण्टाको बसयात्रामा पुगिन्छ, त्यहाँबाट जीपमा केही घण्टामा कुरी र कुरीबाट...