म्याग्दीलाई वाइफाई फ्रि बनाउन बेलायतमा २५ लाख सङ्कलन



अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत म्याग्दीको घार–१ मा अवस्थित घोडेपानी। (तस्बिरः रासस)
अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत म्याग्दीको घार–१ मा अवस्थित घोडेपानी। (तस्बिरः रासस)

बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन्। म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गरेको मोना युकेका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक योगकुमार फगामीले बताए।

सहयोगदाताले म्याग्दीका सबै बस्तीमा इन्टरनेट प्रयोग गरेको छिट्टै देख्न पाइनेमा आशावादी रहेको बताउँदै प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोधसमेत गरेको फगामीले बताए। 

मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाले फ्रि वाइफाई अभियान र ज्येष्ठ नागरिक मीनबहादुर शेरचनको सगरमाथा आरोहणको अभियानलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए। 

बेनी नगरपालिका र ३५ गाविसमा रहेका विद्यालय, सामुदायिक, स्वास्थ्य चौकीसहित सार्वजनिक महत्वका क्षेत्रमा निःशुल्क र व्यक्तिगत प्रयोजनका लागि मर्मत खर्च जुट्ने गरी इन्टरनेटको व्यवस्था गरिनेछ। 

अभियानअन्तर्गत गाउँगाउँमा इन्टरनेट विस्तारका लागि अप्टिकल फाइवर र वायरलेस प्रविधिको प्रयोग गरिनेछ। रासस 

प्रकाशित १६ कार्तिक २०७३, मंगलबार | 2016-11-01 09:17:03

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...

  • यसरी खडेरी र पानी संकटले गाँज्दैछ एसियाली भूमि

    हामी खडेरीग्रस्त ग्रहमा बसेका छौं। यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन्।...

  • कालिञ्चोकको आकाशमुनि हिउँको पछ्यौरा

    दोलखामा रहेको कालिञ्चोक प्रख्यात धार्मिक स्थल हो। काठमाडौँबाट चरिकोट पाँच घण्टाको बसयात्रामा पुगिन्छ, त्यहाँबाट जीपमा केही घण्टामा कुरी र कुरीबाट...