ट्वीटरले भिडियो सेयरिङ एप भाइन बन्द गर्ने



माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो भिडियो सेयरिङ एप भाइन बन्द गर्ने भएको छ। सन् २०१२ मा सुरु भएको सो एप चार वर्षपछि बन्द हुन लागेको हो।

भाइनमा ६ सेकेण्ड लामो भिडियो सेयर गर्न सकिन्छ।

यसका साथै ट्वीटरले ९ प्रतिशत आफ्ना कामदार कटौती गर्ने पनि जनाएको छ। यद्यपि एप बन्द गर्नुको स्पष्ट कारण दिएको छैन।

‘आउँदा महिनामा हामी भाइन बन्द गर्न गइरहेका छौँ,’ कम्पनीले एक ब्लगमा लेखेको छ।

भाइन सन् २०१२ को जुन महिनामा डम होफम्यान, रस युसुपोभ र कोलिन क्रोलले स्थापना गरेका थिए। सोही सालमा अक्टोबर महिनामा ट्वीटरले यसलाई अनुमानित ३ करोड डलरमा किनेको थियो।

विश्लेषकहरुका अनुसार स्न्यापच्याट, इन्स्टाग्राम, आदिसँग भाइनले प्रतिस्पर्धा गर्न नसकेका कारण ट्वीटरले सो एप बन्द गर्न लागेको हो। एजेन्सी

 

प्रकाशित १२ कार्तिक २०७३, शुक्रबार | 2016-10-28 12:29:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...