चीनद्वारा आफ्नो पहिलो एक्स–रे स्पेस टेलिस्कोप प्रक्षेपण



सिन्ह्वा

चीनले आफ्नो पहिलो एक्स-रे स्पेस टेलिस्कोप प्रक्षेपण गरेको छ। यसले ब्ल्याक होल, पल्सर तथा गामा रे विस्फोटहरुको अवलोकन गर्ने जनाइएको छ।

बिहीबार बिहान ११ बजे गोबी मरुभूमिस्थित जिक्वान स्योटलाइट लञ्च सेन्टरबाट लङ मार्च –४बी यानमार्फत सो टेलिस्कोप प्रक्षेपण गरिएको हो।

२.५ टनको सो 'हार्ड एक्स–रे मोडुलेसन टेलिस्कोप'ले वैज्ञानिकहरुलाई ब्ल्याक होल, चुम्बकीय क्षेत्र र पल्सरको अध्ययनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै यो गामा–रे विस्फोटको खोजी र गुरुत्वआकर्षणको लहरको अध्ययनमा सहयोगी हुने बताइएको छ।

यसलाई चीनले आफ्नो अन्तरीक्ष कार्यक्रममा अर्को खुड्किलो पार गरेको रुपमा विश्लेषण गरिएको छ।

गत अप्रिल महिनामा चीनले आफ्नो पहिलो कार्गो अन्तरीक्ष यानलाई अन्तरीक्ष प्रयोगशालामा बिसाएको थियो।

चीनले सन् २०२२ सम्ममा आफ्नै अन्तरीक्ष स्टेसन बनाउने लक्ष्य राखेको छ। एजेन्सी

प्रकाशित १ असार २०७४, बिहिबार | 2017-06-15 11:45:25

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...