चीनले ल्यायो बस जस्तै गुड्ने रेल



विश्वकै सबैभन्दा लामो, तीव्र गतिको, सबैभन्दा गहिरो र उँचो स्थानको रेल लाईनदेखि आकाशमा झुण्डिने रेल बनाएर विश्व रेकर्ड बनाएको चीनले अर्को नयाँ रेकर्ड थपेको छ, त्यो हो फलामे लिग विना कुद्ने रेल।

चीनको हुनान प्रान्तमा परीक्षण गरिएको यस रेलले ३०७ यात्रु बोकेर ७० किलोमिटर प्रतिघण्टा कुद्ने ल्याकत राख्दछ। कुल ३१ दशमलव ६४ मिटर लम्बाइ, २ दशमलव ६५ चौडाइ भएको यस रेलको कूल तौल ४८ टन छ। नयाँ रेकर्डको रूपमा संसारमै पहिलो पटक फलामे ट्रयाक विना कुद्ने रेल संचालनमा ल्याइएको हो।

सन् २०२५ सम्म हाइस्पीड रेलवेको दूरी ३८ हजार किलोमिटर पुर्याउने लक्ष्य लिएको चीनको पोल्टामा संसारकै सबैभन्दा धेरै यात्रुले रेलयात्रा गर्ने गरेको रेकर्ड पनि छ। चीनमा रेलको यात्रा सुरक्षित र सस्तो मानिन्छ।

हुनान प्रान्तको छाङ्शा इभिनिङले जनाएअनुसार सहरी क्षेत्रमा संचालन हुने यस रेलमा अन्य प्रचलित रेलमा हुनेजस्तो ट्रयाक हुँदैन। यसप्रकारको रेललाई फलामद्वारा बनिने रेल लिग नचाहिने भएतापनि वास्तवमा यो गुड्नका लागि ट्रयाक त चाहिन्छ नै।

शनिबार बिहान १० बजेतिर चिनियाँ रेलवे चुचौ इलेक्ट्रिक लोकोमोटिभ रिसर्च इन्स्टिच्युट कोअपरेटिभ लिमिटेडले निर्माण गरेको इन्टेलिजेन्ट रेल एक्सप्रेस ट्रान्जिट सिस्टमले यस्तो हरियालीयुक्त सवारी साधन प्रस्तुत गर्दा स्थानीय सर्वसाधारणको ध्यान खिचिएको थियो, ‘यस्तो अचम्मको रेल कस्ले जन्मायो?’

वास्तविक रेलमा हुने जस्तो लिग नभएर रबरका टायर हुने यस रेलले बसको विकल्प दिएको छ। काठमाडौँ जस्ता तत्काल भूमिगत रेल सञ्जाल विकास गर्न सम्भव नभएका शहरका लागि यो रेल प्रविधि सुहाउँदो हुन सक्ने ठानिएको छ।

सो कम्पनीका उपप्रमुख, प्रमुख इन्जिनियर एवं सो रेल परियोजनाका अगुवा डाक्टर फङ चियाङ्ह्वाले भने, ‘वास्तवमा यो रेल कुद्नका लागि ट्रयाक त चाहिन्छ तर भर्चुअल ट्रयाक नियन्त्रण गर्ने प्रविधि यसमा प्रयोग गरिएको हुन्छ।’

विभिन्न सेन्सरको माध्यमबाट वाहनले भर्चुअल ट्रयाक पहिचान गर्दछ। रेल चलाउने केन्द्रिय नियन्त्रण इकाइले सूचना प्रसारित गर्दछ र ब्रेन इन्स्ट्रक्सन बमोजिम ब्रेक लगाउने, स्टेरिङ घुमाउने तथा अन्य सामान्य गतिविधि पनि एकैसाथ गरिएको हुन्छ। त्यसैले यसलाई बौध्दिक रेल भनिएको हो।

‘तीस मिटर लामो भएकाले बसहरूको भीडमा यो मोटो मान्छे जस्तै देखिन सक्छ’, फङले भने, ‘फलामे लिगमा गुड्ने जस्तो धेरै जटिल प्रणाली यसमा हुँदैन, त्यसैले यू टर्न लिँदा पनि सजिलो हुन्छ।’

चुचौ सहरका मेयर याङ वै क्वोले यसप्रकारको रेल संसारकै पहिलो भएको दावी गरे। यो प्रणाली अन्य रेल निर्माणको तुलनामा निकै सस्तो हुने पनि उनले बताए।

प्रकाशित २१ जेठ २०७४, आइतबार | 2017-06-04 17:55:04
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...