वैज्ञानिकहरु प्रतिरोधी संक्रमणविरुद्ध लड्ने परिष्कृत एन्टिबायोटिक बनाउन सफल



अमेरिकामा वैज्ञानिकहरुले एन्टिबायोटिक प्रतिरोधी बन्दै गएको जीवाणुलाई मार्न सक्नेगरी सो औषधीको नयाँ रुप विकास गर्न सफल भएका छन्। उनीहरुले एन्टिबायोटिक प्रतिरोधी संक्रमणविरुद्ध लड्ने दिशामा ठूलो प्रगति भएको बताएका छन्।

अनुसन्धानकर्ताहरुले हाल प्रयोगमा रहेको भेन्कोमाइसिन एन्टिबायोटिकलाई परिष्कृत गर्न सफल भएका हुन्। विगत ६० वर्षदेखि प्रयोग गरिँदै आएको सो औषधी हाल निष्प्रभावी बन्दै आएको थियो। भेन्कोमाइसिनले मुत्रनली र घाउमा संक्रमण गराउने ब्याक्टेरियाविरुद्ध लड्ने क्षमता गुमाउँदै गएको थियो।

नयाँ औषधि पहिलाको एन्टिबायोटिकभन्दा एक हजार गुणा बढी शक्तिशाली रहेको बताइएको छ।

संक्रमणविरुद्ध एन्टिबायोटिक निष्प्रभावी बन्दै जानुलाई विश्व स्वास्थ्य संगठनले ठूलो चुनौती मान्दै आएको थियो।

एन्टिबायोटिक प्रतिरोधी जीवाणुविरुद्ध लड्नसक्नेगरी औषधीको परिष्करण हुनुलाई चमत्कारिक उपलब्धिको रुपमा व्याख्या गरिएको छ। एजेन्सी

प्रकाशित १६ जेठ २०७४, मंगलबार | 2017-05-30 12:02:21

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...