अब फेसबुक एपमार्फत नै खाना मगाउन सकिने



फेसबुकले आफ्नो एपमा खाना अर्डर गर्ने नयाँ अप्सन थप्ने भएको छ। फेसबुकले डेलिभरी डटकमसँगको साझेदारीमा यस्तो सेवा ल्याउन आँटेको हो।

यद्यपि सुरुमै यसले सबैलाई सेवा दिनेछैन। अमेरिकामा निश्चित संख्याका फेसबुक प्रयोगकर्तामा यो सेवाको सुरुवात हुँदैछ।

फेसबुक डेस्कटपमा रहेको ‘एक्स्प्लोर’ खण्ड वा यो एपको मेनुमा जाँदा देखिने ह्याम्बर्गर आइकनमा क्लिक गर्दा फेसबुकमार्फत खाना डेलिभर गर्ने नजिकका रेष्टुरेन्टहरुको सूची खुल्नेछ।

रेष्टुरेन्टहरुको सो सूचीमार्फत तपाईं रेष्टुरेन्टहरुको फेसबुक पेजमा जान वा त्यहीँबाट खाना अर्डर गर्न सक्नुहुनेछ। त्यहाँ आफूले चाहेको खानाको आइटमलाई सेलेक्ट गरेपछि सोही एपमार्फत खानाको मूल्य भुक्तानी तथा टिप्स दिन पनि सक्नुहुनेछ। एजेन्सी

प्रकाशित १५ जेठ २०७४, सोमबार | 2017-05-29 13:48:44

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...