• बिएमडब्लुले यसैसाता भविष्यको मोटरसाइकलसम्बन्धी भिजन सार्वजनिक गरेको छ। बिएमडब्लुका अनुसार उसले भविष्यको मोटरसाइकलमा पेट्रोल, हेलमेट, आदिको परिकल्पना गरेको छैन।
  • छोटो समयमा नै नेपाली प्रयोगकर्ता माझ लोकप्रीय एप ’डिजिटल नेपाल’ ले आफ्नो नयाँ संस्करण २.१.१.२, सार्वजनिक गरेको छ। प्रयोगकर्ताले एपमा भएका विभिन्न सामग्रीहरु प्रयोग गर्ने तरिका साथै सुस्त गतिको इन्टरनेट सुविधा भएको ठाउँमा पनि एपमा भएका सामग्रीहरु पहिले भन्दा चाडो खुल्ने बनाएकोले गर्दा प्रयोगकर्तालाई पहिले भन्दा प्रयोगमा अझ सहज हुने “डिजिटल नेपाल” एप निर्माता कम्पनि आईटेक नेपालले बताएको छ।

प्रविधि

निर्वाचनका लागि आयोगको 'कल सेन्टर' र 'मोबाइल एप' सञ्चालनमा

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ। स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो।

सरकारी वेबसाइटहरू नेपाल टेलिकमको जीएसएम मोबाइलबाट निःशुल्क

अबदेखि नेपाल सरकारद्वारा सञ्चालित सरकारी वेबसाइटहरू नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाबाट निःशुल्क हेर्न सकिने भएको छ। टेलिकमले वैशाख १ गतेबाट सरकारले सञ्चालन गरेका ‘डट जिओभि डट एनपी’ डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइटहरुलाई उपभोक्ताहरुले...

३० वर्षमा रोबोट उत्कृष्ट सिइओ बन्छन्ः ज्याक मा

रोबोटका कारण श्रमिकहरुको रोजागरी संकटमा पर्ने आशंकाका बीच अलिबाबाका प्रमुख ज्याक माले अबको ३० वर्षमा उत्कृष्ट सिइओ रोबोट बन्ने सम्भावना व्यक्त गरेका छन्। उनले ठूला कम्पनीका सिइओहरु पनि प्राविधिक क्रान्तिमा सुरक्षित नरहने बताएका छन्।

यसकारण हुन्छ विज्ञान–प्रविधिको क्षेत्रमा महिलाको कम सहभागिता

विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (स्टेम) विषयको अध्ययन अफ्ठ्यारो र दिक्कलाग्दो मानिन्छ। अझ यस क्षेत्रमा महिलाहरुको सहभागिता न्यून छ। थुप्रै अनुसन्धानहरुमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित विषयको अध्ययनमा महिलाहरुको रुचि कम हुने गरेको...

सामाजिक सञ्जाल र अनलाइनबाट आक्रमक प्रचार गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनलार्इ लक्षित गरेर सामाजिक सञ्जाल र अनलाइनबाट आक्रामक प्रचार गर्ने भएको छ। त्यसका लागि बिहिबारदेखि पार्टीले केन्द्रीय कार्यलय सानेपामा मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ।

गुगल अर्थमा नेपाली पर्वतारोहीको घर

पृथ्वी दिवसको अवसर पारेर गुगल अर्थ परिमार्जन गरिएको छ। परिमार्जित सुविधाअनुसार गुगल अर्थको ‘भोयजर’ कार्यक्रममार्फत सगरमाथा र आमादब्लमजस्ता हिमालहरु र अग्रणी पर्वतारोही कान्छा शेर्पाको घर समेत थ्रिडीमा हेर्न सकिने भएको छ।

६० प्रतिशत चिनियाँको सामाजिक सञ्जाल ‘विच्याट’

विश्वभर फेसबुकले वर्चश्व लिइरहेको बेला चीनमा भने यो सामाजिक सञ्जालको प्रयोग खासै भएको छैन। ६२.४ प्रतिशत चिनियाँ नागरिक ‘विच्याट’ प्रयोग गर्दछन्। यो सङ्ख्या सन् २०१५ को तुलनामा १०.५ प्रतिशतले बढी हो।

गिद्धको शरिरमा रेडियोकलर

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा हुर्किरहेका छवटा पोथी गिद्ध प्रकृतिमा छाड्नु अघि तिनीहरुको शरीरमा रेडियोकलर जडान गरिएको छ। यस अतिरिक्त अध्ययनका लागि नवलपरासीको जटायु रेष्टुराँ क्षेत्रमा प्रकृतिमा रहेका छवटै गिद्धलाई रेडियो कलर जडानपछि बुधबार...

सुदूरपश्चिमका पहाडी भेगमा अप्टिकल फाइबर

सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेक्षण थालिएको छ। कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वेक्षण गरिनेछ।

दश हजार भ्यु नपुगेका च्यानललाई विज्ञापन नदिने युट्युबको घोषणा

युट्युबले १० हजार भ्यु पुगेको च्यानललाई मात्रै विज्ञापन दिने घोषणा गरेको छ। यसले लाइफटाइम भ्यु दश हजार पुगेका भिडियो च्यानललाई मात्रै युट्युब पार्टनर प्रोग्राममा लिने बताएको छ।

जर्मनीमा इन्टरनेटबाट झुठो समाचार नहटाए पाँच करोड युरो जरिवाना

जर्मनीले झुठो समाचार तथा घृणास्पद सामग्री हटाउन नसके फेसबुक, ट्वीटरजस्ता कम्पनीलाई ५ करोड युरोसम्म जरिवाना गर्न सकिने व्यवस्था मन्त्रीपरिषदबाट पारित गरेको छ। बुधबार जर्मनीको मन्त्रीपरिषद्ले यस्तो व्यवस्था पारित गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासो अब मोबाइलबाटै

वैदेशिक रोजगारीमा रहेका नेपालीले अब मोबाइलबाटै गुनासो र आफ्ना समस्या वा उजुरी सम्बन्धित निकायलाई राख्न पाउने भएका छन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरुको समस्याको पहिचान गरी उक्त समस्या समाधानका लागि सम्बन्धित निकायसँगको सहकार्यमा शीघ्र पहल गर्न...

नेपाली वैज्ञानिकले पुरा गर्दै ग्यालिलियोको सपना

सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ। भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त...

दुर्घटनापछि उबेरको स्वचालित कारसम्बन्धी कार्यक्रम निलम्बित

आफ्नो स्वचालित कार सामान्य दुर्घटनामा परेपछि उबेरले चालकविहीन कार ल्याउने कार्यक्रम निलम्बन गरेको छ। अमेरिकाको एरिजोनामा शुक्रबार सो कार दुर्घटनामा परेको थियो।

एड्सविरुद्धको अभियानलाई सघाउन एप्पलले ल्यायो रेड आइफोन

मंगलबार एप्पलले आइफोनको एक अतिरिक्त सँस्करण घोषणा गरेको छ। रातो रङको सेभेन र सेभेन प्लसको यो संस्कर एप्पलले एड्सविरुद्ध लडिरहेको ग्लोबल फन्डलाई योगदान दिन ल्याएको हो।

एनसेलमा नि:शुल्क ट्वीटर र विकिपिडिया चलाउन नपाइने

निजी क्षेत्रको मोबाइल फोन सेवाप्रदायक कम्पनी एनसेलको मोबाइलमा ट्वीटर र विकिपिडिया निशुल्क चलाउने सुविधा आगामी चैत १२ देखि बन्द हुने भएको छ। एनसेलले सित्तैमा चलाउने सुविधा दिएपछि माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ता नेपालमा बढेका थिए।

याहु ह्याकमा रुसी अधिकारी संलग्न रहेको अमेरिकी दाबी

अमेरिकाले सन् २०१४ मा याहुमाथि भएको साइबर आक्रमणमा दुई रुसी अधिकारी संलग्न भएको दाबी गरेका छन्। युएस डिपार्टमेन्ट अफ जस्टिसका अनुसार रुसी जासुसी संस्था एफएसबीका ती अधिकारीले साइबर अपराधीसँगको मिलोमतोमा ती याहुमाथि आक्रमण गरेका हुन्।

अपरिचित नम्बरबाट फोन आउँदा नामै थाहा दिने एप

मोबाइलमा सेभ नभएको वा नचिनिने नम्बरबाट आएको फोन कसले गरेको हो भनेर पत्ता लगाउन सक्ने एप नेपाली बजारमा आएको छ। ‘नेपाल कलर’ नामक एपबाट तपाईंले फोन गर्ने व्यक्तिको नाम थाहा पाउन सक्नुहुन्छ।

नेपालीले पत्ता लगाए क्षुद्रग्रह

गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन्। अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौंका र एक टोली पोखराका छन्।

यसरी जाँदैछन् अन्तरीक्षमा पर्यटक

अमेरिकी एरोस्पेस तथा अन्तरीक्ष यात्रासम्बन्धी सेवा दिने कम्पनी स्पेसएक्सले सन् २०१८ सम्ममा दुई पर्यटकलाई सशुल्क अन्तरीक्ष यात्रा गराउने घोषणा गरेको छ। सोमबार सो कम्पनीले निजी क्षेत्रको खर्चमा पहिलो पर्यटकीय अन्तरीक्ष उडान भर्ने घोषणा गरेको हो।

विल गेट्स भन्छन्ः मानिसको रोजगारी खोस्ने रोबोटमाथि कर लगाइनुपर्छ

माइक्रोसफ्टका संस्थापक तथा विश्वका सबैभन्दा धनी व्यक्ति विल गेट्सले मानिसको रोजगारी खोस्ने रोबोटमाथि कर लगाइनुपर्ने बताएका छन्। उनले रोबोटका कारण सरकारहरुले गुमाएको कर रोबोटमार्फत उठाउन सुझाएका हुन्।

अब पुरुषको लागि गर्भधारण रोक्ने सुई

पुरुषहरुको लागि खुसीको खबर। अनिच्छित गर्भाधारण नियन्त्रणको लागि कण्डम वा भ्यासेक्टोमीको आवश्यकता नपर्ने भएको छ। वैज्ञानिकहरुले एउटा सुई पत्ता लगाएका छन्। एक चोटी यो सुई लगाएपछि लामो समयसम्म अनिच्छित गर्भधारणबाट जोगिनसक्छ।

१०४ स्याटेलाइट एकै पटक प्रक्षेपण गर्ने भारत पहिलो राष्ट्र

भारतीय अन्तरीक्ष एजेन्सी ‘इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ ले आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाबाट एकै पटक एक सय चार स्याटेलाइट प्रक्षेपण गरेको छ। यति धेरै स्याटेलाइट एकै पटक प्रक्षेपण गर्ने भारत पहिलो राष्ट्र बनेको छ।

एनसेलमा अब फेसबुक निःशुल्क, मेसेन्जरमा च्याट गर्न भने शुल्क लाग्ने

मंगलबार रातीदेखि एनसेलबाट फेसबुक निःशुल्क चलाउन सकिने भएको छ। यद्यपि फेसबुक पोस्टमा प्रोफाइलबाहेक अन्य फोटो हेर्न भने निर्धारित शुल्क लाग्नेछ।

माइक्रोम्याक्सको क्यानभास अल्ट्रा एम वान बजारमा

माइक्रोम्याक्सले क्यानभास अल्ट्रा एम वान स्मार्ट फोन बजारमा ल्याएको छ। बजारमा उपलब्ध अन्य स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यानभास अल्ट्रा एम वानमा विशेष किसिमको प्रोसेसर रहेको छ। यो अक्टा कोर प्रोसेसरद्धारा सञ्चालित छ र यसमा ३२ जीबी रोम रहेको छ।

सन् २०२० सम्ममा रोल्स रोयसले स्वचालित पानीजहाज ल्याउने

रोल्स रोयसले सन् २०२० सम्ममा चालकविहीन पानी जहाज ल्याउने भएको छ। स्वचालित पानीजहाज निर्माणका लागि रोल्स रोयसले उत्तरी युरोपका अनेकौँ समूहहरुसँग काम गरिरहेको बताइएको छ।

दुरुपयोग रोक्न ट्वीटरमा तीन परिवर्तन गरिने

ट्वीटरले यसको दुरुपयोग रोक्नका लागि तीन नयाँ परिवर्तन गर्ने घोषणा गरेको छ। आउने केही साताभित्र ती परिवर्तन देखिने ट्वीटरले जनाएको छ।

अब आइफोन भारतम‍ै उत्पादन हुने

एप्पलले भारतमा आइफोनको उत्पादन गर्ने भएको छ। कर्नाटक राज्यको बेंगलोरमा आउँदो अप्रिल महिनाको अन्त्यदेखि आइफोन उत्पादन थालिनसक्ने जनाइएको छ।

आकर्षक छुटसहित शनिबारदेखि प्रिपेडमा फोरजी सेवा

नेपाल टेलिकमले शनिबारदेखि जिएसएम प्रिपेड फोनमा पनि फोरजी सेवा उपलब्ध गराउने भएको छ। टेलिकमले पोस्टपेड मोबाइलमा सो सेवा उपलब्ध गराएको करिब एक महिनापछि प्रिपेडमा फोरजी सेवा दिन लागेको हो।

मौसमी सूचना अब किसानको मोबाइलमै

किसानले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका छन्। कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत परियोजना सुरु भएपछि उनीहरुले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका हुन्।

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • महानगरमा महिला मेयर उम्मेदवारद्वय भरतपुरमा रेणु दाहाल र काठमाडौंमा रञ्जु दर्शना

    को बन्ला त महानगरमा ‘म्याडम मेयर’?

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा महिला प्रतिनिधित्व सार्वजनिक चर्चाको विषय हुन थालेको छ। गाउँ वा नगरका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला...

  • धनी बन्नु छ? पहिले सडक बनाऊ

    सुधार र खुलापनपछि चीनले ठूलाठूला उपलब्धि हासिल गरेको छ। धेरै नेपाली साथीहरु त्यो उपलब्धिको रहस्य के हो भनेर सोधिरहन्छन्। चीनको यत्रो उपलब्धिको दुई...

  • कास्कीका कांग्रेस कार्यकर्ता निराश हुनुका यस्ता कारण

    स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु धेरै भएपछि नेपाली काँग्रेस कास्कीलाई उम्मेद्वार सिफारिस गर्न हम्मेहम्मे भएको छ। कांग्रेसका कार्यकर्तालाई भने...

  • संविधान संशोधन विधेयकमा संशोधनको प्रस्ताव दर्ता गराउँदै प्रमुख सचेतक श्रेष्ठ व्यवस्थापिका संसद सचिवालय सिंहदरबारमा शनिबार राति

    मध्यरातमा संविधान संसोधनको संयुक्त प्रस्ताव दर्ता

    व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ।