यस्तै थियो त जिससको वास्तविक अनुहार?

क्रिष्चियन धर्मको केन्द्रीय पात्र जिसस क्राइष्टको चित्र त हामीले जहाँसुकै देखेका छौँ। लामो दाह्री र कपाल, गोरो छाला, नीलो आँखा र लामो कपडा। तर वास्तवमा जिसस यस्तै देखिन्थे त?

वास्तवमा जिसस त्यस्ता चित्रहरुमा देखाइएजस्तो थिएनन् भन्ने निष्कर्षमा पुगेका छन् मानवशास्त्रीहरु। ती चित्रमा देखाइएका जिसस प्रतीकात्मक मात्रै भएको र त्यससँग ऐतिहासिक तथ्यता नरहेको उनीहरुको भनाइ छ। जिससको त्यो छवि चौथो शताब्दीमा रोमका एक सम्राटको छविमा आधारित भएको बताइन्छ।

उसोभए वास्तविक जिसस चाहिँ कस्ता थिए त?

सन् २००१ मा बिबिसीको एक डकुमेन्ट्रीका लागि फोरेन्सिक एन्थ्रोपोलोजिस्ट रिचार्ड निभले सो क्षेत्रमा पाइएको मानव खप्परको आधारमा एक नमुना तयार पारे।

यद्यपि निभले जिससको अनुहार यस्तै थियो भनेर दाबी गरेका छैनन्। तर त्यस समयमा त्यस क्षेत्रका मानिसहरुको अनुहार यस्तै हुनसक्ने सम्भावना चाहिँ अत्याधिक रहेको बताइएको छ। एजेन्सी

 

प्रकाशित 2017-01-09 17:53:55