चीनमा बन्यो विश्वकै अग्लो पुल



चीनका दुईओटा प्रान्तलाई जोड्नेगरी निर्माण गरिएको विश्वको सबैभन्दा अग्लो पुल सर्वसाधारणको लागि खुल्ला गरिएको छ। दुईओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदीदेखि ५६५ मिटरमाथि रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टाभन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन्।

‘यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुका लागि यो पुल निकै उपयोगी भएको छ,’ एक चालकले भने।

यस पुलले यसअघिको सबैभन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ। विश्वका अग्ला पुलहरुमध्ये धेरैजसो चीनमै रहेका छन्। रासस/एएफपी

प्रकाशित १६ पुस २०७३, शनिबार | 2016-12-31 09:10:51

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरामा एमालेको विजय–सभा: मख्ख मुद्रामा ओली

    पोखरा–लेखनाथ महानगरसहित कास्कीका चार स्थानीय तहमा विजय हासिल गरेको पार्टी नेकपा एमालेले आज पोखरामा विजय–सभा आयोजना गरेको छ। विजय–सभामा हँसिलो...

  • मञ्जु गुरुङ

    राष्ट्रपतिकी मितिनी पोखराकी उपमेयर

    पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेबाट विजयी बनेकी मञ्जु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी र आफ्नै साइँला बाबुको बुहारी सरस्वती...

  • दुर्घटनाग्रस्त गोमा एयरका घाइते चालक पारस रार्इको निधन

    सोलखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेर घाइते गोमा एयरका विमान चालक पारस रार्इको उपचारको क्रममा निधन भएको छ। विमान दुर्घटनामा परेर...