१८ चुम्बनका १८ अर्थ



प्रेम समर्पणभाव, मित्रता र सम्मान व्यक्त गर्ने माध्यम हो चुम्बन। आफ्नो आत्मीयता र भाव प्रकट गर्ने साधन पनि हो यो। तर शैली र माहौलको आधारमा चुम्बनको अर्थ भने भिन्न भिन्न हुने गर्दछ। केही चुम्बनका प्रकार र त्यसका अर्थहरु यस प्रकार रहेका छन्।

१. निधार चुम्बन


आत्मीयताको भद्र अभिव्यक्ति हो निधारमा गरिने चुम्बन। मित्रताको रोमान्टिक सुरुवाती चरणमा निधारमा चुम्बन आदानप्रदान गर्ने चलन छ। निधारमा गरिने चुम्बनले आपसमा निकै समर्पणभाव महसुस गराउँछ।

२. हत्केला चुम्बन


हत्केलामाथि गरिने चुम्बन पनि निकै प्रचलित छ। यसमा एक व्यक्तिले अर्काे व्यक्तिको औंला विस्तारै हातमा उठाएर हत्केलामा चुम्बन गरिन्छ। यसले आपसी समर्पण (प्यासन) व्यक्त गर्दछ। आपसमा सौन्दर्य, प्रेम वा आत्मीयताको सहज प्रष्टीकरण हो हत्केलामा किस।

३. एस्किमो किस


आपसमा नाक रगडिन्छ। एकजनाले अर्कोको कम्मरमा हात पु¥याएर विस्तारै अँठ्याउँछन्। साथसाथै, निधार पनि जोडेर बस्छन्। यो हो एस्किमो किस। खासगरी यो किस आपसमा अभिभावक वा बुढापाकाले आफ्ना साना केटाकेटीलाई माया दर्शाउन प्रयोग गर्छन्।

४. फ्रेन्च किस


फ्रेन्च किस अहिलेका युवायुवती निकै लोकप्रिय छ। यसमा जिब्रोको खेल बढी हुन्छ। जब कोही फ्रेन्च गर्न लालयित छन् वा गर्दैछन् भने अनुमान लगाए हुन्छ, उनीहरु उत्तेजनामा पुग्न खोज्दैछन्। यौन वा शारीरिक निकटताको लागि फ्रेन्च किस निकै प्रयोगमा छन्।

५. स्याण्डविच किस


आपसमा ओठ जोड्दै गरिने किस पनि कतिपयले देखेका वा गरेका पनि हौंला। यसमा स्याण्डविच शैलीमा किस आदानप्रदान हुन्छ। जब कुनै जोडी प्रेममा डुब्दै जान्छ, तब आपसमा ओठ पसाउँदै समर्पण व्यक्त गरिन्छ।

६. काने चुम्बन


कानको लोती तानेर किस गर्ने चलन पनि छ। युगल प्रेमलाई रोमान्टिक र निकट दर्शाउन कानको लोतीमा किस खाने गरिन्छ। जुनबेला युगल जोडी आफ्नो प्रेमीको कानलाई सुस्तरी तान्दै किस गर्छन्, बुझे हुन्छ, उनीहरुको प्रेम निकै गहिराइमा पुग्दैछ।

७. लिङरिङ किस


ओठ जोड्दै निकै बेरसम्म गरिने किस हो यो। भर्खरै मौलाउँदै गरेको प्रेममा यसको चलन बढी हुन्छ। यसमा उत्तेजना, समर्पण र एक किसिमको प्रेम–पागलपनाको श्रृंखलामा यस्तो किस आदानप्रदान गर्दछन् युगल जोडीहरु।

८. स्नेह किस


पाखुराले विस्तारै अँठ्याउँदै आफ्नो प्रेमीको गालामा सुस्तरी किस खाने चलन पनि छ। आपसमा निकै अन्तरनिहीत र करिब करिब प्रेममा स्थायित्व लिइसकेका जोडीले गर्छन् गालामा किस। खासगरी, छुट्टिने बेला गालामा किस गरेर ‘मिस यु व्याडली’ भन्ने भावना दर्शाउनेहरु यो किस गर्छन्।

९. लिपिस्टिक किस


आफ्नो प्रेमीलाई आफूप्रति प्रतिवद्ध बनाउन उसको गालामा लिपिस्टिक मार्कसहित किस गरिदिन्छन्। जब प्रेमिका मूडमा आउँछिन्, वरपर निस्पट्ट महसुस गर्छिन्। अनि हतारो शैलीमा प्रेमीको गाला, घाँटी जतासुकै लिपिस्टिकको सटिक निशानीसहित किस गर्छिन्। आफू प्रेममा कति पागल भइसकिछु भन्दै दर्शाउने मनोवैज्ञानिक माध्यम पनि हो लिपिस्टिक किस।

१०. कानेखुसी चुम्बन


जब युगल जोडी भावनात्मक र शारीरिक रुपमा पनि निकट भइसकेका हुन्छन्, तब यो किस आदानप्रदान गर्छन्। कतिपयले छाडा वा यौन भावयुक्त शव्दसहित किस गर्छन्। कतिपय दम्पत्ति वा स्थायी प्रेममा परेका जोडीहरु यो किस गर्छन्।

११. छेपारे चुम्बन


जब आफ्नो जिब्रो प्रेमी वा प्रेमिकाको मुखमा हाल्ने निकाल्ने क्रम तिव्र रुपमा गरिन्छ, त्यसलाई छेपारे किस भनिन्छ। जब यौनको उत्तेजना बढ्दै जान्छ, अर्थात् हट फिल हुँदै जान्छ, युगल जोडीमा यस्तो ‘पागलपना’ सवार हुन्छ।

१२. बट्टरफ्लाई किस


पुतलीले फूलमा रस चुस्न आउँदै जाँदै गरेको शैलीमा गरिने भएको हुँदा यसको नाम नै बट्टरफ्लाई किस राखिएको हो। यसमा आपसमा आँखा आँखा जोडिन्छ। सँगसँगै आपसमा जिब्रो पसाउने निकाल्ने गरिन्छ। यसबाट यौन उत्तेजना तिव्र भएर आउने बताइन्छ, त्यसैले यसलाई समागमको एउटा सिरिज पनि मानिएको छ।

१३. फ्लाइङ किस


यस्ता किस पुराना फ्रान्सेली चलचित्रमा देख्न पाइन्छ। सामान्य रुपमा आफ्ना शुभेच्छा व्यक्त गर्न यस्तो किसको प्रचलन छ। कतिपय अवस्थामा दुबै गालामा आफ्नो गाला जोड्दै किस गरिन्छ। खासगरी सेलिबे्रटीहरु, मान्यजन परिवार सदस्यहरमा यो किस गर्ने चलन पाइन्छ। यसलाई रोमान्टिक किसको कोटीमा राखिएको छैन।

१४. एन्जेल किस


खासगरी आफ्ना साना सन्तानलाई माया, स्नेह देखाउन यो किस गर्ने चलन छ। यसमा वात्सल्य मिसिएको हुन्छ। छोराछोरी, श्रीमतिहरुलाई यस्तो किस गर्ने पाइन्छ।

१५. फोरप्ले किस


कसैलाई आफ्नो वाहुपासमा ल्याउन यस्तो किस गर्ने चलन छ। यसमा आफ्नो मुख थोरै खोलिन्छ, तर जिब्रो करामत भने खासै गरिएको हुँदैन। यसले कसैको मुटु चोर्न निकै सहयोग पु¥याउँछ। कतिपय भुक्तभोगी त भन्छन्, जब कसैको आकर्षण सामान्य रुपमा भएपनि आफूप्रति बढिरहन्छ, त्यो बेला यो स्टाइलको किस गर्नुस्, उनी तपाईंको वशमा आउन थाल्छिन्।

१६. टोकेर गरिन चुम्बन


जब आफ्नो प्रेमिकाप्रति निकै डुब्दै गइन्छ, तब दाँतको सहाराले सामान्य दाग बस्नेगरी किस गरिन्छ। भावनात्मक र शारीरिक रुपमा पनि माया आदानप्रदान गरिसकेका युगल जोडीमा बढी लोकप्रिय छ यो किस।

१७. बहुलठ्ठी चुम्बन


यो शारीरिक उन्मादको चरणमा गरिन्छ। घाँटी, ओठ, सर्वत्र गहिरो श्वास लिँदै निकै बेर किस गर्ने तरिकालाई कतिपयले बहुलठ्ठी किस, वाइल्ड किस पनि भन्छन्। खासगरी यौन सम्पर्कको बेला उत्तेजनाले यस्ता किस गर्छन्।

१८. फोरप्ले किस

कतिपयले यसलाई बिग टिज किस पनि भन्छन्। खासगरी प्राककिडामा यो किसको प्रभाव धेरै हुन्छ। यौन उत्तेजना जगाउन घन्टासम्म पनि यो किस गरिरहिन्छ। यसमा आफ्ना पार्टनरको निधारदेखि गोडासम्म सुस्तरी सुस्तरी ओठको माध्यमले किस गरिन्छ। यसबाट दुबैजनामा समर्पणभाव अझै बढ्न जान्छ। समागमको क्रममा कतिपयले यसलाई आवश्यक किसको कोटीमा पनि राखेका छन्।

प्रकाशित ८ पुस २०७३, शुक्रबार | 2016-12-23 12:47:24

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...