लेबनानमा पुरुषलाई महिला मन्त्री बनाइएपछि



झण्डै दुई वर्ष लामो राजनीतिक खिचातानीपछि लेबनानमा नयाँ सरकार गठन गरिएको छ। प्रधानमन्त्री साड हरिरीले ३० सदस्यीय नयाँ मन्त्रीमण्डल घोषणा गरेका छन्। र यही मन्त्रीमण्डलमा पहिलो पटक महिला मन्त्रालयलाई पनि समावेश गरिएको छ।

तर लेवनानको पहिलो महिला मन्त्रालयको नेतृत्व गर्दैछन्, एक पुरुषले। महिला मन्त्रालयको जिम्मा लिएका छन्, महिला राज्य मन्त्री जिन ओगासापियनले। 

राजनीतिमा महिलाको न्यून प्रतिनिधित्व भएको लेबनानमा पहिलो पटक महिला मन्त्रालय गठन हुनु सकारात्मक मानिए पनि पहिलो महिला मन्त्रालयको जिम्मेवारी एक पुरुषलाई दिइँदा लेबनानीहरु खुसी छैनन्। उनीहरुको यो असन्तुष्टि सामाजिक सञ्जालमार्फत पोखिएको छ।

पुरुषलाई महिला मन्त्रालयको जिम्मेवारी दिइएको विरोधमा महिला अधिकारकर्मीहरुले विरोध पनि जनाएका छन्।

ओगासापियन ‘फ्युचर मुभमेन्ट पार्टी’का ६२ वर्षीय राजनीतिज्ञ हुन्। सन् २००० सम्म उनी सैन्य पेशामा आबद्ध थिए। यसअघि पनि उनी दुई पटक मन्त्री बनिसकेका छन्।

लेबनानको १२८ सदस्यीय संसदमा मात्र ४ महिला प्रतिनिधि रहेका छन्। नयाँ घोषणा गरिएको मन्त्रीपरिषदमा एक मात्र महिला छिन्। इनाया एजेद्दिन प्रशासनिक विकास राज्य मन्त्री रहेकी छिन्। एजेन्सी

 

प्रकाशित ६ पुस २०७३, बुधबार | 2016-12-21 14:15:22

प्रतिकृया दिनुहोस

  • प्यान्टको खल्तीमा वालेट बोक्नु किन खतरनाक?

    हामीमध्ये थुप्रै ढाड तथा गोडा दुख्ने समस्याबाट पीडित छौँ। ढाड दुख्नुका अनेक कारण हुनसक्छन्। तर प्यान्टको पछाडिको खल्तीमा पर्स बोक्दा पनि यस्ता...

  • जसलाई आफ्नै प्रेमीले ३२ पटक चक्कु प्रहार गरे

    अमेरिकाको फ्लोरिडा सहरमा बस्ने २० वर्षीया युवती मेसिला डोमेलाई आफ्नै प्रेमी रोबर्ट बर्टनले ३२ पटकसम्म चक्कु प्रहार गरेका छन्। जसबाट उनी गम्भीर...

  • नौ वर्षका मार्च तियान बोइदिहार्जो

    १८ वर्षे प्रोफेसर!

    नौ वर्षको उमेरमा विश्वविद्यालयको विद्यार्थी बनेका एक युवा १८ वर्षको उमेरमा ‘युनिभर्सिटी अफ क्यालिफोर्निया’ सहप्राध्यापक बनेका छन्। हङकङमा जन्मिएका...

  • बाँदर र हरिणको अनौठो प्रेम

    जापानका वैज्ञानिकहरुले एक यस्तो भिडियो फुटेज फेला पारेका छन्, जहाँ एउटा बाँदरले हरिणसँग सम्भोग गर्ने कोशिस गरिरहेको देखाइको छ। शोधकर्ताहरुले २०१५...

  • यस्तै थियो त जिससको वास्तविक अनुहार?

    क्रिष्चियन धर्मको केन्द्रीय पात्र जिसस क्राइष्टको चित्र त हामीले जहाँसुकै देखेका छौँ। लामो दाह्री र कपाल, गोरो छाला, नीलो आँखा र लामो कपडा। तर...

  • चीनमा शौचालय विस्फोट, १ को मृत्यु, ७ घाइते

    उत्तरी चीनको शान्जी प्रान्तमा एउटा सार्वजनिक शौचालय पड्किँदा एकको मृत्यु र सातजना घाइते भएका छन्। शौचालयको ढलट्यांकीमा थुप्रिएको मलमूत्रबाट कडा...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    वैशाखभित्र स्थानीय चुनाव गर्ने प्रमुख दलहरुबीच सहमति

    प्रमुख चार दलबीच आगामी वैशाखभित्र स्थानीय चुनाव गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुबीच वैशाखमै स्थानीय चुनाव...

  • पोखरामा फ्लाई ओभर योजना

    यसै महिनाको अन्त्यतिर हुने पोखरा नगर परिषदबाट अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाई ओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट...

  • दर्जन ठूला कम्पनीको पूँजीवृद्धि स्वीकृतिको तयारी

    आगामी हप्ता बस्ने औद्योगिक प्रवद्र्धन बोर्ड बैठकले एक दर्जन कम्पनीको पूँजीवृद्धि निर्णय गर्ने भएको छ। लामो समयदेखि बोर्डको बैठक बस्न नसक्दा...

  • पार्टी एकीकरणमा उपस्थित राप्रपा र राप्रपा नेपालका शीर्ष नेता / तस्विरः रत्न श्रेष्ठ

    अब राप्रपाको पनि गाउँ तहबाटै समावेशी संरचना

    सत्ता यात्राकै क्रममा छिन्नभिन्न हुन पुगेका पूर्वपञ्चहरूबीच दुई महिनाअघि एकता भएसँगै पार्टी गतिविधि तीब्र बनाएको छ। ६ मंसिरमा राप्रपा नेपाल र...