रेसलिङमा ट्रम्पः यस्तो छ उनको अनौठो रुचि



दुनियाँको अपेक्षा विपरीत व्यापारिक पृष्ठभूमिका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वार्चित भए। उनी निर्वाचित भएसँगै नयाँ अमेरिकी नीतिका बारेमा विभिन्न टिका टिप्पणी भइरहेको छ।

ट्रम्पले अमेरिकालाई कता लाने छन् भनेर दुनियाँले निकै व्यग्रतापूर्वक हेरिरहेकै अवस्थामा उनले विख्यात तेल कम्पनीका मालिकलाई विदेशमन्त्री बनाएका छन्। त्यस्तै केही समयअघि मात्रै उनले आफ्ना विरोधीलाई महत्वपूर्ण जिम्मेवारीका लागि नियुक्त गरेका थिए।

राजनीतिक पृष्ठभूमिभन्दा बाहिरबाट आएका उनका अघिल्ला रोचक घटनाहरु बाहिर आउने क्रम जारी छ। यसैबीच एक अन्तर्राष्ट्रिय समाचार संस्थाले उनको रेसलिङ रुचिका बारेमा खबर प्रकाशित गरेको छ।

उक्त समाचार संस्थाले १० वर्षअघि ट्रम्प रेसलिङमा सहभागी हुने गरेको जनाएको छ। उनी रेसलिङका सौखिन थिए। उनी रेसलर भिन्सी मैकमहोन सहित कयौं रेसलरका फ्यान रहेको बताइएको छ।

उनी पटक पटक रेललिङ खेल हेर्न जान्थे र आफूलाई मन पर्ने रेसलरको पक्षमा उभिन्थे। बेलाबेलामा उनी रेसलिङ रिङभित्र गएर विपक्षी रेसलरमाथि जाइलाग्ने समेत गर्थे। कयौं पटक उनले रेसलिङमा ‘होस्ट’ पनि गरेका थिए।

राष्ट्रपतिको चुनावी दौरानमा संलग्नु हुनुभन्दा अघि उनी एउटा रेसलिङमा सहभागी भएका थिए। सो खेलमा उनले हंगामानै मच्चाएको समाचारमा उल्लेख छ।

राष्ट्रपति बनिसकेपछि उनी पुनः त्यस प्रकारका खेलहरुमा सहभागी हुने सम्भावना कम भएपनि ह्वाइट हाउस जानुभन्दा अघि अन्तिम पटक रेसिलिङ हेर्न सहभागी हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित ४ पुस २०७३, सोमबार | 2016-12-19 10:24:19

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...