भारतीय उच्च अदालतको आदेशविरुद्व यस्तो कार्टुन



नयाँदिल्लीको उच्च अदातलले राजमार्गको ५सय मिटर वरपरसम्म मादक पदार्थ विक्रि वितरण गर्न रोक लगाएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने दुर्घटनालाई न्युनिकरण गर्न सो योजना अघि बढाइएको भारतीय समाचार संस्थाहरुले बताएका छन्।

तर अदालतले लगाएको प्रतिबन्ध लागु हुनेमा मानिसहरुले भने शंका व्यक्त गरेका छन्। सो निर्णय व्यवहारिक नहुने उनीहरुको भनाइ छ।

अदालतले जुन व्यवसायीसँग अनुमति पत्र छ उनीहरुले २०१७ मार्च ३१ सम्म व्यवसाय संचालन गर्न पाउने जनाएको छ। त्यसपछि हाइवे वरपर मादक पदार्थ विक्रि वितरण पूर्णतः बन्द हुने अदालतले अपेक्षा गरेको छ।

सो योजना व्यवहारिक नभएको भन्नै आलोचना भइरहेको छ। यसैबीच अदालतको अव्यवहारिक निर्णय भन्दै बीबीसी हिन्दीमा भारतीय कार्टुनिस्ट किर्तीशले कार्टुनमार्फत अदालतको निर्णयको आलोचना गरेका छन्।
कार्टुनमा उनले मादक पदार्थ विक्रि गर्ने पसलतर्फ देखाउँदै ‘सावधान हाइवे रोड ५ सय मिटर टाढा’ भनि लेखेका छन्। कार्टुनमार्फत उनले निर्णय लागु हुनेमा शंका गर्दै व्यङ्ग गरेका छन्।

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 09:38:27

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...

  • सरकार परिवर्तन हुँदा ओबर सम्झौता लागू हुनेमा बेइजिङमा संशय

    नेपाल र चीनबीच ओबर परियोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपनि बेइजिङका केही विज्ञहरूले काठमाडौँले त्यसलाई तत्काल कार्यान्वयन थाल्नेमा संशय...