जब चिया पसलेको मोबाइलमा ४ करोड पाएको म्यासेज आयो

कर विभागद्वारा ५ घन्टासम्म सोधपुछ



भारतको जयपुरमा चिया पसल सञ्चालन गरी बसेका एक व्यक्तिको मोबाइलमा अचानक ४ करोड ८० लाख रुपैयाँ बैंक खातामा भएको सूचना आयो। सूचना आएपछि उनी अचम्ममा परे। उनी अचम्ममा त्यतिबेला झन परे जब कर विभागले उनको नाममा पत्र काटे।

सामान्य चिया पसल गरेर बसेका उनको दैनिकमा अप्रत्याशित संकट आई पर्यो। उनी दिनभर बिलखबन्दमा परे।

तर उनको अत्याशित संकट धेरै समय भने रहेन। चिया पसले राजकुमारले केही दिनअघि ४८ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेका थिए। बैंकको प्राविधिक कमजोरीले उनको खातामा ४८ हजार हुनुपर्नेमा ४ करोड ८० लाख हुन पुगेको थियो।

उक्त गल्तीपछि बैंकको तिव्र विरोध भएको छ। बैंकले भुल सुधार गरेपनि कर विभागले राजकुमारलाई शुक्रबार सोधपुछका लागि भन्दै लगे। उनलाई ५ घन्टासम्म सोधपुछ गरिएको खबर भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन्।

बैंकका म्यानेजर ओपी त्रिपाठीले नयाँ सफ्टवेयरका कारण सो प्रकृतिको गल्ली हुन पुगेको भनि स्पष्टिकरण दिएका छन्।

प्रकाशित २९ मंसिर २०७३, बुधबार | 2016-12-14 10:29:30

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • हङकङ–मकाउ पुलबाट खसेका एक नेपाली पौडेर निस्के, एक समुद्रमा बेपत्ता

    हङकङ–जुहाइ–मकाउ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने क्रममा समुद्रमा खसेका एक नेपाली पौडेर निस्कन सफल भएका छन् भने अर्का एक जना समुद्रमै हराइरहेका...

  • अर्थ मन्त्रालय

    पुरानै संरचनाअनुसार धमाधम बजेट बनाउँदै मन्त्रालयहरु

    नयाँ संविधान अनुसार देश सङ्घीयतामा गएको र सोही अनुसार बजेट निर्माण गर्नुपर्ने भए पनि धेरै जसो मन्त्रालयले पुरानै संरचनामा बजेट बनाइरहेका छन्।...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • नेपालको योजना चीन र भारतको आर्थिक पुल बन्नु होः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा अघि सारिएको ‘एक पेटी एक मार्ग’बाट नेपालले लाभ लिने चाहना राखेको बताएका छन्। साथै उनले चीन र...