१ सय १७ वर्ष लागिन् संसारकै सबैभन्दा पाकी महिला

'दैनिक तीन ओटा काँचो अण्डा र एकल जीवन मेरो दीर्घजीवनको रहस्य हो'



.

संसारकै सबैभन्दा वृद्ध व्यक्ति एम्मा मोरानोले मंगलबार आफ्नो १ सय १७ औँ जन्मदिन मनाएकी छन्। १८०० को शताब्दीमा जन्मिएकी एक मात्र जीवित व्यक्ति मानिने एम्माको जन्मदिनको चर्चा संसारभरका सञ्चारमाध्यममा भयो।

२९ नोभेम्बर १८९९ का दिन इटालीमा जन्मिएकी एम्मा आफ्ना मातापिताकी ८ मध्ये प्रथम सन्तान हुन्। उनका सबै भाइबहिनी बितिसकेका छन्। उनी जीवनभर प्रायः एक्लै बाँचिन्। सन् १९३८ मा उनले जन्माएको शिशुको मृत्यु भएपछि पतिसँग उनको सम्बन्धविच्छेद भयो। यद्यपि इटालीमा सम्बन्धविच्छेदलाई सन् १९७० मा मात्र वैधता दिइएको थियो। सम्बन्धविच्छेदपछि उनी जुटको बोरा उत्पादन गर्ने कारखानामा काम गर्न थालिन्। गत वर्ष आफ्नो उमेर १ सय १६ वर्ष पुगिसकेपछि मात्रै पूर्ण रुपमा उनको रेखदेख गर्न थालिएको छ।

१ सय १६ वर्षको उमेरमा न्युयोर्ककी सुसाना मुसाट जोन्सको मृत्यु भएपछि गत मे महिनाबाट एम्मा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी हुन्।

एम्मा आफ्नो दीर्घजीवनको रहस्य दैनिक ३ ओटा काँचो अण्डा खानु र एकल जीवन बिताउनु रहेको बताउँछिन्। किशोरावस्थामा एक जना डाक्टरले अण्डा नियमित अण्डा खाँदा रक्तअल्पता हुँदैन भनेपछि उनले अण्डा खान थालेकी हुन्। एजेन्सी

प्रकाशित १५ मंसिर २०७३, बुधबार | 2016-11-30 13:02:34

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...