सुकिलामुकिला सुँगुर बढी आशावादी



मानिसको व्यक्तित्व र गुणलाई मुड तथा आनीबानीले असर गर्ने अनुसन्धानहरुले देखाइसकेका छन्। तर मानिसमा मात्र होइन जनावरको व्यक्तित्वमा पनि यस्तै असर पर्ने देखिएको छ। हालै गरिएको एउटा अनुसन्धानबाट सर्वप्रथम सुँगुरको व्यक्तित्व र मुडका कारण उसको दृष्टिकोणमा फरक पर्ने तथ्य पत्ता लागेको छ।

अनुसन्धानकर्ताहरुका अनुसार सुँगुरको व्यक्तित्व दुई प्रकारको हुने गर्दछः सक्रिय र प्रतिक्रियात्मक। सक्रिय सुँगुरको आचरण जीवन्त र व्यवहार स्थिर हुने गर्छ भने प्रतिक्रियात्मक सुँगुर निष्क्रिय र अनियमित हुने गर्दछ।

मानवमा पनि सक्रिय र प्रतिक्रियात्मक व्यक्तित्व क्रमशः बहिर्मुखी र मनोविक्षिप्ततासँग सम्बन्धित हुने गर्छ। सामान्यतः बहिर्मुखी व्यक्तिहरु बढी आशावादी हुन्छन् भने विक्षिप्त व्यक्ति बढी निराशावादी।

न्युक्यासल युनिभर्सिटीकी न्युरोसाइन्टिस्ट तथा यस अनुसन्धानकी प्रमुख लेखक लुसी असेरका अनुसार सुँगुर र सम्भवतः अन्य जनावरहरुको पनि निर्णयप्रक्रिया मानिसको जस्तै हुने गर्दछ।

अनुसन्धानकर्ताहरुले ३६ ओटा घरेलु सुँगुरमाथि उक्त अध्ययन गरेका थिए। सर्वप्रथम सक्रिय र प्रतिक्रियात्मक दुवैथरी सुँगुरलाई मिसाएर दुई ओटा समूह तयार गरियो। त्यसपछि दुवै समूहलाई फरकफरक वातावरणमा राखियो। सुँगुरहरुलाई बाक्लो पराल ओच्छ्याइएको फराकिलो ठाउँ तथा साँघुरो र चिसो ठाउँमा पालैले राखियो। त्यसपछि उनीहरुका अगाडि मीठो र नमिठो खानाले भरिएको तथा रित्तो भाँडा पालैले राखियो।

यस अनुसन्धानमा सक्रिय भनेर छुट्याइएका सुँगुरहरुले बढी आशावादी तरिकाले प्रतिक्रिया जनाए। तर प्रतिक्रियात्मक सुँगुरुहरुको प्रतिक्रियामा वातावरणअनुसार फरक देखियो। सुकिलो र फराकिलो ठाउँमा रहँदा ती सुँगुरको मुड राम्रो देखियो र उनीहरुले आशावादी तरिकाले प्रतिक्रिया जनाए।

‘हाम्रो यो अध्ययनको परिणामले स्पष्ट रुपमा खराब वातावरणमा बसेका सुँगुर बढी निराशावादी र राम्रो वातावरणमा बसेका सुँगुरले बढी आशावादी हुन्छन्,’ लिंकन युनिभर्सिटीकी प्राध्यापक तथा प्रोजेक्ट लिडर लिसा कोलिन्स भन्छिन्, ‘यो नतिजाले निर्णय प्रक्रियामा मानिस अन्य जनावरभन्दा खास फरक हुँदैन भन्ने देखाएको छ।’

यो अनुसन्धानको नतिजा नोभेम्बर १६ को ‘बायोलोजी लेटर्स’मा प्रकाशित छ। एजेन्सी

प्रकाशित १४ मंसिर २०७३, मंगलबार | 2016-11-29 17:49:34

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • हङकङ–मकाउ पुलबाट खसेका एक नेपाली पौडेर निस्के, एक समुद्रमा बेपत्ता

    हङकङ–जुहाइ–मकाउ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने क्रममा समुद्रमा खसेका एक नेपाली पौडेर निस्कन सफल भएका छन् भने अर्का एक जना समुद्रमै हराइरहेका...

  • अर्थ मन्त्रालय

    पुरानै संरचनाअनुसार धमाधम बजेट बनाउँदै मन्त्रालयहरु

    नयाँ संविधान अनुसार देश सङ्घीयतामा गएको र सोही अनुसार बजेट निर्माण गर्नुपर्ने भए पनि धेरै जसो मन्त्रालयले पुरानै संरचनामा बजेट बनाइरहेका छन्।...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • नेपालको योजना चीन र भारतको आर्थिक पुल बन्नु होः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा अघि सारिएको ‘एक पेटी एक मार्ग’बाट नेपालले लाभ लिने चाहना राखेको बताएका छन्। साथै उनले चीन र...