अलिबाबाका मालिकजस्तै देखिने एक चिनियाँ बालक बने भाइरल



८ वर्षीय बालक किन र अलिबाबाका मालिक ज्याक मा
८ वर्षीय बालक किन र अलिबाबाका मालिक ज्याक मा

पूर्वी चीनको जियाङ्सी प्रान्तका एक आठ वर्षीय बालक अहिले इन्टरनेटमा चर्चित् छन्। ती बालक रातारात चर्चामा आउनुको कारण पनि रोचक छ। फु स्या किन नाम गरेका ती बालकको अनुहार ज्याक मासँग मिलेकाले उनी इन्टरनेटमा भाइरल भएका हुन्। ज्याक मा चीनको सबैभन्दा धनीको सूचीमा रहेका व्यापारी हुन्। जो चर्चित अनलाइन कम्पनी अलिबाबाका मालिक हुन्।

चिनियाँ सामाजि सञ्जालमा फु स्या किनको अध्ययनको जिम्मा ज्याक माले लिएको समेत चर्चा छ। तर यो समाचारलाई अलिबाबा कम्पनीले भने हाँस्यास्पद भनेर भनेको छ। उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'एउटा बच्चाको अध्ययनका लागि पैसा गर्च गर्न सजिलो छ। तर, लाखौँ गरिब बच्चाका लागि सहयोग गर्न ठूलो स्रोत-साधनको जरुरी पर्छ।'

ज्याक मा जस्तै देखिएका कारण चर्चामा आएपछि किनलाई चलचित्र र विज्ञापन खेल्ने अफरहरु आएको उनका बुबाले बताएका छन्। उनी भन्छन्, 'यो राम्रो कुरा हो कि मेरो छोरा ज्याक मा जस्तै देखिन्छ। तर, म चाहन्नँ मेरो छोरा अहिले फिल्ममा काम गरोस् र पैसा कमाओस्। शिक्षा पहिलो कुरा हो। शिक्षाले नै उसको जीवन उज्यालो बनाउनेछ।'

कमजोर आर्थिक अवस्था भएको परिवारमा हुर्किरहेका किनका बुबा फु जियाफाको एउटा खुट्टामा समस्या छ र उनी सरकारी सहयोगमाथि निर्भर छन्। यस्तै उनकी आमा पोलियोबाट ग्रिसत छिन्। एजेन्सीहरु

प्रकाशित १२ मंसिर २०७३, आइतबार | 2016-11-27 19:13:45

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...