अपराधी नहुँदा जेल भाडामा



होटलमा परिणत जेल भवन
होटलमा परिणत जेल भवन

गजबको कुरा, नेदरल्याण्डमा अपराधीको संख्या घटेर त्यहाँको जेल भवन भाडामा दिने तयारी भएको छ। नेदरल्याण्डमा जेलमा थुन्नुपर्ने अपराधीको अभाव हुँदा जेलका कर्मचारीहरु समेत फूर्सदिला भएका छन्। कैदीको अभाव भएकै कारण केही वर्षभित्र त्यहाँका १९ ओटा जेल बन्द भइसकेका छन् भने केही आगामी वर्षभित्र बन्द हुने अवस्था छ।

विश्वका धेरै मुलुकमा अपराधीको संख्या वृृद्धि भई जेल अभाव भइरहेको अवस्थामा नेदरल्याण्डको भने यस्तो खबर आएको हो। बन्द भएका धेरैजसाे जेल भवन अहिले होटलको रुपमा पनि परिणत भएका छन्। स्थानीय सरकारले खाली भएका सबै जेल भवन भाडामा दिनेबारे योजना बनाएको छ।

यसरी जेल चलान गर्नुपर्ने अपराधीको संख्या घट्नुमा स्थानीय सरकारले लिएको अनुकरणीय नीतिको प्रभाव मानिएको छ। ‘डच सेवामा हामी व्यक्तिका बारेमा सोच्छौं,’ नोगर्हाभेन जेलका डेपुटी गभर्नर जाँ रोइलोफ भान डेर स्पोइल बीबीसीसित भने । ‘कसैको ड्रगसम्बन्धी समस्या भए हामी उनीहरुको कुलतको उपचार गर्छौं’ पैसाको समस्या भएमा ऋणसम्बन्धी परामर्श दिन्छौं र यस्तो गरेर हामी अपराध हुनुका कारणलाई हटाउने प्रयास गर्छौं,’ उनले अगाडि थपे । अपराधी आफैंले आफूमा परिवर्तन ल्याउने चाहना राख्नुपर्ने भएपनि आफ्नो यो उपाय प्रभावकारी भएको स्पोइलले बताएका छन् ।

एक दशक अगाडि नेदरल्याण्डमा कैदीको सङ्ख्या यूरोपभरिमै सबैभन्दा धेरै थियो । विगत १० वर्षमा यो काममा लगातार सुधार आइरहेको छ । इङ्ल्याण्ड र वेल्समा प्रति १० हजार जनसङ्ख्यामा १ सय ४८ जना कैदी रहेकोमा नेदरल्याण्डमा यो सङ्ख्या ५७ जना मात्र रहेको पाइएको छ । डच न्यायाधीसहरुले सामुदायिक सेवा अर्डर, जरीवानाजस्ता विकल्पहरुको प्रयोग गर्ने हुँदा पनि जेलमा कैदीको सङ्ख्या घटेको हो । जेलबाहिर छोड्नै नमिल्ने अपराधीहरु मात्र ती जेलमा राखिन्छन्। विगत ८ वर्षमा त्यहाँको आपराधिक गतिविधिमा पनि २५ प्रतिशतको कमी आएको पाइएको छ।

रमाइलो त के छ भने त्यहाँका जेल निकै सुविधायुक्त छन्। जेलभित्र थ्रिडी सिनेमा, चौरीसी व्यञ्जन, स्रोतसम्पन्न पुस्तकालय, बैठक कक्ष, एट्याच बाथरुम, एसीसहितका सुविधा छन्। झट्ट हेर्दा अपार्टमेन्टजस्तो। खाट नअट्ने, पानी पर्दा ओत लाग्ने कुनो नभएको तथा भवनै भत्किएलाजस्तोे नेपालको जेलको कहानी सुनिरहेका हामीलाई यहाँका जेलको तस्वीर देख्दा पनि अचम्म लाग्नसक्छ।

प्रकाशित ७ मंसिर २०७३, मंगलबार | 2016-11-22 08:42:07

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...

  • सरकार परिवर्तन हुँदा ओबर सम्झौता लागू हुनेमा बेइजिङमा संशय

    नेपाल र चीनबीच ओबर परियोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपनि बेइजिङका केही विज्ञहरूले काठमाडौँले त्यसलाई तत्काल कार्यान्वयन थाल्नेमा संशय...