जब हिलारी आफैँले चुनाव जितेको समाचारमा हस्ताक्षर गरिन्



नोभेम्बर ७ मा म्याडम प्रेसिडेन्ट लेखिएको पत्रिकामा हस्ताक्षर गर्दै
नोभेम्बर ७ मा म्याडम प्रेसिडेन्ट लेखिएको पत्रिकामा हस्ताक्षर गर्दै
गेट्टी इमेज

गत नोभेम्बर ७ अर्थात् अमेरिकी राष्ट्रपतिको निर्वाचनको अघिल्लै दिन हिलारी क्लिन्टनले आफू विजयी भएको समाचार प्रकाशित न्युजविकको एक अंकमा हस्ताक्षर गरेकी थिइन्। तर चुनावको नतिजा उल्टो भएपछि क्लिन्टन र पत्रिकाका प्रकाशक दुवै जिल्ल परेका छन्।

नोभेम्बर ७ तारिखका दिन न्युजविकको एक साझेदार समाचार सँस्था टोपिक्स मिडियाले हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा विजयी बनेको समाचार छापेर आफ्नो पत्रिकाको एक अंक निकालेको थियो। पछि करिब १ लाख २५ हजार प्रति पत्रिका प्रकाशकले फिर्ता लिएका थिए।

टोपिक्स मिडियाले तयार गरेको भनिएको पत्रिकाको दुवै आवरण

टोपिक्स मिडियाले तयार गरेको भनिएको पत्रिकाको दुवै आवरण

नोभेम्बर ८ मा मतदान समाप्त नभइकनै सो अंक बजारमा पुगेको थियो। निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्रै सो पत्रिको बेचिने तय गरिएको भए पनि सो अगावै पत्रिकाका केही प्रति मानिसहरुको हातमा पुगेको थियो। यसैलाई लिएर ठूला मिडियाले यो चुनावमा धाँधलीको प्रयास गरेको ट्रम्प समर्थकहरुले आरोप लगाएका थिए।

टोपिक्स मिडियाका सिइओ टोनी रोमान्डोका अनुसार मिडियाका कर्मचारीले ‘म्याडम प्रेसिडेन्ट’ र ‘प्रेसिडेन्ट ट्रम्प’ गरी दुई सँस्करण तयार गरेका थिए। तर मत सर्वेक्षणहरुमा क्लिन्टनले जित्ने निश्चित देखिएपछि ‘म्याडम प्रेसिडेन्ट’ सँस्करण चाहिँ प्रिन्ट गरेर खुद्रा बिक्रेतासम्म पु¥याइएको थियो।

निर्वाचनको नतिजा सार्वजनिक नभइकनै क्लिन्टनले जितेको समाचारसहितको पत्रिका बजारमा देखिएपछि न्युजविकको व्यापक आलोचना भयो। त्यसपछि न्युजविकका सम्पादकहरुले ट्वीट गर्दै सो अंक न्युजविकको लाइसेन्सप्राप्त सँस्था टोपिक्स मिडियाले तयार गरेको स्पष्टीकरण दिएका थिए।

टोपिक्स मिडियाले तयार गरेको भए पनि सो आवरणलाई न्युजविकका प्रधान सम्पादक जिम इम्पोकोले अनुमोदन गर्ने गर्छन्। टोपिक्स मिडियाले न्युजविकको स्वामित्व रहेको सँस्था आइबिटी मिडियालाई लाइसेन्स शुल्क तिर्ने गर्दछ। एजेन्सी

 

प्रकाशित ३० कार्तिक २०७३, मंगलबार | 2016-11-15 19:08:59

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...

  • सरकार परिवर्तन हुँदा ओबर सम्झौता लागू हुनेमा बेइजिङमा संशय

    नेपाल र चीनबीच ओबर परियोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपनि बेइजिङका केही विज्ञहरूले काठमाडौँले त्यसलाई तत्काल कार्यान्वयन थाल्नेमा संशय...