भारतीय राष्ट्रपति मुखर्जीका १७ रोचक तथ्य

भारतमा सात पटक बजेट पेस गर्ने एक्ला अर्थमन्त्री मुखर्जी पटकपटक देङ स्याओ पिङलाई उधृत गर्छन्



झण्डै दुई दशकयता पहिलो पटक भारतीय राष्ट्रपति नेपाल आएका छन्। बुधबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका ८० वर्षीय भारतीय राष्ट्रपति प्रणव मुखर्जी भद्र व्यक्तित्वका धनी मानिन्छन्। बंगाली ब्राम्हण परिवारमा ११ डिसेम्बर १९३५ मा जन्मिएका तिनै मुखर्जीबारे केही रोचक तथ्य पढ्नुहोस्ः

४० वर्षदेखि नियमित दैनिकी लेखिरहेका उनी दिनको कम्तीमा एक पाना लेख्ने गर्छन्


१. मुखर्जी कलेज पढाउने गर्थे, उनले सन् १९६३ मा पश्चिम बंगालको एउटा कलेजमा राजनीतिशास्त्र पढाएका थिए।

२. उनले एक बंगाली पत्रिकामा पत्रकारको रुपमा काम गरेका थिए।

३. उनी पहिलो पटक सन् १९६९ मा राज्यसभामा मनोनित भएका थिए।

४. मुखर्जी काममा दत्तचित्त मानिन्छन्। उनकी छोरी शरमिष्ठाका अनुसार उनी दैनिक १८ घण्टासम्म काम गर्छन्।

५. दुर्गाका भक्त भएकाले उनी दुर्गापूजाका बेला छुट्टी लिएर आफ्नो गृहथलो मिराती जाने गर्छन्। त्यसबाहेक तीन दिन उनी व्रत बस्छन्।

६. भारतको सबैभन्दा ‘भर्सटाइल’ मन्त्री मानिने मुखर्जीलाई रक्षा, अर्थ, विदेश र वाणिज्य गरी फरक ४ मन्त्रालय सम्हालेको अनुभव छ। त्यसबाहेक उनले योजना आयोग, लोकसभा तथा राज्यसभाको नेताको भूमिका पनि निभाएका छन्।

७. १९८४ मा उनलाई युरोमनी म्यागेजिनले संसारको सबैभन्दा उत्कृष्ट अर्थमन्त्री घोषित गरेको थियो।

८. भारतमा सात पटक बजेट पेस गर्ने एक्ला अर्थमन्त्री उनी मात्रै हुन्। उनी पटकपटक देङ स्याओ पिङलाई उदृत गर्ने गर्छन्।

९. इन्दिरा गान्धीको मृत्युपछि उनले कांग्रेस पार्टी छोडेर आफ्नै नेतृत्वमा राष्ट्रिय समाजवादी कांग्रेस नामक पार्टी गठन गरेका थिए।

१०. गत ४० वर्षदेखि नियमित दैनिकी लेखिरहेका उनी दिनको कम्तीमा एक पाना लेख्ने गर्छन् र त्यो डायरी उनको शेषपछि प्रकाशित होस् भन्ने उनको चाहना रहेको जनाइएको छ।

११. भारतको तेह्रौँ राष्ट्रपति बनिसकेपछि मुखर्जीले मृत्युदण्ड पाएका कैदीले राष्ट्रपतिलाई लेखेका ७ ओटा दया याचिका खारेज गरिसकेका छन्। जसमध्ये अफजल गुरु र अजमल कसाब समेत रहेका छन्।

१२. राष्ट्रपति बनिसकेपछि पनि उनले शिक्षक दिवसका दिन नयाँ दिल्लीको एक सरकारी स्कुलमा गएर पढाएका थिए।

१३. उनले आफू प्रधानमन्त्री नबन्नुको एक कारण हिन्दी भाषा नजान्नु पनि हो भनेका थिए। सन् २००९ को एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि तपाईंलाई हिन्दी आउँदैन भने तपाईं प्रधानमन्त्री बन्न सक्नुहुन्न। निश्चित कामका लागि निश्चित सीप आवश्यक पर्छ। त्यसैले पि.भी. नरसिंह राव राम्रा प्रधानमन्त्री बने किनेभने उनी राम्रो सम्प्रेषक थिए।’

१४. मुखर्जी पढन्ते मानिन्छन्। उनी एकै पटकमा तीन ओटा किताब पढ्न सुरु गर्छन्।

१५. उनी ५५ वर्ष (१९५७) देखि शुव्र मुखर्जीसँग विवाहित थिए, गत साल उनको पत्नीको निधन भयो। उनीहरुका दुई छोरा र एक छोरी छन्।

१६. मुखर्जी दैनिक ९० मिटर लामो राष्ट्रपति भवनको आँगनको ४० फन्को लगाउँछन्।

१७. खानामा उनी अन्य बंगालीहरुझैँ माछा र भात खुब मन पराउँछन्। मंगलबारको दिन बाहेक उनी हरेक दिन माछा खाने गर्छन्।एजेन्सी

प्रकाशित १७ कार्तिक २०७३, बुधबार | 2016-11-02 13:55:42

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...