बाख्रासँग योग लोकप्रिय बन्दै



एएफपी

योगको लोकप्रियता बढ्दै गएपछि सन् २०१५ देखि २१ जुनका दिन विश्व योग दिवस मनाउन थालिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अनेकौँ धर्मगुरु योगलाई विश्वव्यापी बनाउन लागिपरेका छन्। हालै अमेरिकामा बाख्राको साथमा गरिने योग चर्चामा आएको छ।

अमेरिकामा बाख्राको साथमा योग गर्ने चलनले लोकप्रियता पाएको छ। यो यति चर्चित भएको छ कि देशभरका बाख्रा फार्महरुमा योग कक्षा सञ्चालन गर्न थालिएको छ।

‘सुरुमा मलाई अलि डर लागेको थियो। मेरो ढाडमा बाख्रा चढ्लान् भन्ने मलाई थाहा थिएन,’ लस एञ्जेल्स सहरको बाहिरपट्टि ‘बाख्राको साथमा योग’ कक्षा समाप्त गरेपछि ५३ वर्षीया एडोना इब्राहिमीले भनिन्।

करिब २० व्यक्ति र ११ पाठापाठी र चार माउसहित १५ बाख्रासँग योग कक्षाका लागि तयार हुन्छन्। बार बारिएको र पराल ओच्छ्याइएको जमिनमा योग कक्षा सुरु हुन्छ।

योगगुरु मेरेडिथ लाना सहभागीहरुलाई ‘स्वास छोड्न’ ‘पेट घटाएर नाइटोलाई ढाडमा पुर्‍याउन’ निर्देशन दिन्छिन्। त्यहीबेला मानिसको ढाडमा बाख्रा चढ्छन्।

‘बाख्राहरु एकदमै मित्रवत् छन्,’ कक्षापछि लानाको भनाइ एएफपीले उधृत गरेको छ, ‘तपाइँले यहाँ प्राप्त गरेको थेरापी अमूल्य छ।’

बाख्राका मालिक डानेट म्याकरेनोल्ड्सले आफ्नी १६ वर्षीय छोरीका लागि आवश्यक खर्च जम्मा गर्नका लागि कक्षा चलाउने निर्णय गरेको बताइन्।

उनले कक्षाहरु बुक भइसकेको जानकारी दिइन्।

लानाले बाख्राहरुसँगको अन्तर्क्रियाले तनाव घट्ने बताइन्।

एजेन्सी

प्रकाशित १ असार २०७४, बिहिबार | 2017-06-15 12:29:15

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...