गाउँ अति सुन्दर भएको भन्दै पर्यटकलाई फोटो खिच्न प्रतिबन्ध



स्वीट्जरल्याण्डको एक सुन्दर गाउँले पर्यटकहरुलाई गाउँको फोटो खिच्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसको कारण भने तपाईंलाई छक्क पार्ने खालको छ।

स्थानीयहरु आफ्नो गाउँ अत्यन्त सुन्दर भएको विश्वास गर्छन्। त्यो गाउँ घुमेका मानिसले अपलोड गरेको फोटो देख्दा त्यहाँ पुग्न नसक्नेहरुमा ईर्ष्या पैदा हुने र उनीहरुको खुसीमा धक्का लाग्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो।

यस्तो प्रतिबन्ध स्वीट्जरल्याण्डको सेन्ट मोरिजनजिकै रहेको बेर्गन गाउँको परिषद्ले मतदानमार्फत लगाएको हो।

प्रतिबन्ध उल्लंघन गरी कसैले फोटो खिचेमा सांकेतिक पाँच फ्र्यांक जरिवाना पनि गरिने जनाइएको छ।

‘अरुले छुट्टीमा खिचेका सुन्दर फोटो सामाजिक सञ्जालमा हेर्दा मानिसहरु दुःखी हुन्छन्, किनभने उनीहरु आफैँ त्यहाँ पुग्न सक्दैनन्। यो कुरा वैज्ञानिक रुपले नै पुष्टि भइसकेको छ।’ स्थानीय पर्यटकीय कार्यालयको भनाइ अंग्रेजी भाषाको डिजिटल समाचारपत्र द लोकलले उधृत गरेको छ।

‘बेर्गन सुन्दर छ। हाम्रो सुन्दर गाउँको फोटो सामाजिक सञ्जालमा सेयर हुन दिएर अरुलाई बेखुसी बनाउन चाहँदैनौँ। हामी सबैलाई आफैँ यस स्थान भ्रमण गरेर यो सुन्दरताको अनुभव लिन निम्त्याउँछौँ,’ मेयर पिटर निकोलाइले भनेका छन्।

तर अरुलाई खुसी बनाउने सो गाउँको यो प्रयासले भने मानिसहरुमा उल्टै रिसाएका छन्। केहीले यसलाई ‘पब्लिसिटी स्टन्ट’ मानेका छन्। केहीले समाजिक सञ्जालमा यसको चर्को आलोचना पनि गरेका छन्। कतिपयले सो गाउँलाई उत्तर कोरियासँग तुलना गरेका छन्।

तर स्थानीय पर्यटन कार्यालयले आफ्नो फेसबुक र ट्वीटर अकाउन्टबाट समेत सो गाउँको फोटो हटाइसकेको छ। एजेन्सी

प्रकाशित १८ जेठ २०७४, बिहिबार | 2017-06-01 13:26:55

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...