'भुँडे' बाँदरलाई राखियो डाइटमा



जंक फुड खाएर मोटाएको 'अंकल फ्याट'
जंक फुड खाएर मोटाएको 'अंकल फ्याट'
एपी

थाइल्याण्डमा आफ्नो स्वभाविक तौलभन्दा झण्डै तीन गुणा बढी मोटाएको एक जँगली बाँदरलाई पक्रेर डाइटमा राखिएको छ। ‘अंकल फ्याट’ उपनाम पाएको सो बाँदरको फोटो सोसल मिडियामा भाइरल भएपछि पक्रिएको बताइएको छ।

थाइल्याण्डमा जंगली बाँदरहरुहरुलाई पर्यटकहरुले खाना दिने गरेको र बढी जंक फुड खाएको कारण अंकल फ्याट मोटाएको बताइएको छ। साधारणतया सो जातिको बाँदर ९ किलो हाराहारी हुनेमा अंकल फ्याट भने २६ किलोको बनिसकेको थियो।

मानिसले सीधै दिएका खानेकुरा मात्र नभई अंकल फ्याटलाई अरु साना बाँदरले पनि खानेकुरा खोजेर ल्याइदिने गर्दथे। ‘अरु बाँदर उसकहाँ खानेकुरा ल्याउँथे र ऊ ती सबैलाई खानेकुरा बाँडिदिन्थ्यो,’ हाल सो बाँदरको खानपानको हेरचाह गरिरहेका पशुचिकित्सक सुपाकर्ण केचोटको भनाइ एपीले उधृत गरेको छ, ‘लामो समय मानिसले दिएको खानेकुरा खाएपछि उसको पेटमा बोसो जम्यो र त्यसले ट्युमरको रुप लियो। जसले गर्दा मुटुरोग र मधुमेहको खतरा निम्तियो।’

१० देखि १५ वर्ष बीच उमेरको रहेको अंकल फ्याटलाई अहिले दैनिक मात्र ४०० ग्राम सन्तुलित खाना दिन थालिएको छ। पशुचिकित्सक सुपाकर्णका अनुसार केही महिनाको नियन्त्रणपछि उसलाई फेरि जंगलमा छोडिनेछ।

मानिसले जंगली जनावरलाई अस्वस्था खाना दिन नहुने सुपाकर्ण बताउँछिन्।

‘मानिसहरुलाई बाँदरलाई खाना दिन मनपर्छ, तर हामीलाई मनपर्ने जंक फुड र सोडाजस्ता खानेकुरा तिनलाई दिन हुँदैन। यो उनीहरुको स्वास्थ्यका लागि निकै खराब हुन्छ। यो पूरै समस्या मानिसले सिर्जना गरेको हो।’ सुपकर्ण बताउँछिन्।

बाँदरका लागि स्वस्थ खाना दिँदै सुपाकर्ण

बाँदरका लागि स्वस्थ खाना दिँदै सुपाकर्ण

एजेन्सी

प्रकाशित ८ जेठ २०७४, सोमबार | 2017-05-22 14:31:12

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...