सेपाकताक्रो टोली श्रीलंका प्रस्थान



दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ। मंगलबार अबेर राती उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन्।

पुरुष खेलाडीमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ रहेका छन्। महिलामा सोममाया थापा मगर (कप्तान), सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठ छन् । जनवरी १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले रेगु र डबल्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष एवं दक्षिण एसियाली सेपाकताक्रो महासंघका सचिव नेत्रप्रसाद गुरुङ तथा प्रशिक्षकमा गंगाबहादुर गुरुङ छन्। अर्जुनबहादुर ठकुल्ला र रोशन भट्टराईले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
प्रतियोगिता दौरान हुने वार्षिक साधारणसभामा भाग लिन दक्षिण एसियाली सेपाकताक्रो महासंघका तीन नेपाली पदाधिकारी पनि टोलीसंगै कोलोम्बो प्रस्थान गरेका छन्।

दक्षिण एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष सीताराम मास्के, उपाध्यक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र महासचिव ध्रुव गुरुङ कोलोम्बो गएका हुन्। राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल पनि टोलीसंगै कोलोम्बो प्रस्थान गरेका छन्।

टोलीलाई नेपाल सेपाकताक्रो संघका सदस्य एवं झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीलगायतले मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
पहिलो संस्करण २०१३ मा नेपालले आयोजना गरेको थियो।

पुरुष विधा मात्र समावेश उक्त संस्करणको डबल्स, रेगु र टिम इभेन्ट तीनैमा नेपालले रजत जितेको सेपाकताक्रो संघले जनाएको छ। त्यसबेला नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले भाग लिएका थिए।यसपटक पनि यिनै पाँच राष्ट्र दोहोरिने बताइएको छ।

सदस्य–सचिव विष्टको अनुपस्थितिमा राखेपका सदस्य गंगाबहादुर थापाले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्नेछन्।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 17:43:38

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • पवन चाम्लिङ

    गोर्खाल्याण्डप्रति दार्जिलिङबाहिर पनि समर्थन बढ्दै

    भारतको पूर्वोत्तर पहाडी सहर दार्जिलिङमा बेग्लै गोर्खाल्याण्ड राज्यको माग गर्दै सुरु भएको आन्दोलन झण्डै दुई सातादेखि जारी छ। आन्दोलनप्रति...

  • बारपाकमा नमूना एकीकृत बस्ती? गफै मात्र भो

    सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले नगर बिकास समिति गठन नहुँदा एकीकृत बस्ती बिकास प्रक्रिया अघि बढाउन कानूनी...