मिडिया कप: कान्तिपुर र एनटीभी विजयी



साविक विजेता कान्तिपुर मिडिया ग्रुप र नेपाल टेलिभिजन (एनटीभी) ले आठौं मिडिया कप फुटबल प्रतियोगितामा जित हात पारेका छन्। बुधबार भएको खेलमा यी टोलीले जित हात पारेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले एपी वान टेलिभिजन २–० गोलअन्तरले पराजित गर्दै लगातार दोश्रो जित हात पा¥यो।

जितसंगै कान्तिपुर सेमिफाइनल पुग्ने बलियो स्थितिमा पुगेको छ। कान्तिपुरको जितमा सुरज मोक्तान र समिर तामाङले १–१ गोल योगदान गरे। समिर ‘म्यान अफ द म्याच’ चुनिए।

सोही समूहको अर्को खेलमा एनटीभीले एभिन्युजलाई २–१ ले हराउदै पहिलो जित निकाल्यो। एनटीभीका लागि ‘म्यान अफ द म्याच’ प्रज्ज्वल शाक्य र राजेश थापा मगरले १–१ गोल गरे।

बिहीबार समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट र रेडियो नेपालबीच खेल हुनेछ।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 17:23:34

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...