रोनाल्डो ‘बेस्ट प्लेयर’



चर्चित स्ट्राइकर लियोन मेसीलाई पछि मात्रै उनका प्रतिद्वन्द्वी रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फेरि अर्को अवार्ड हात पारेका छन्। विश्व फुटबल महासंघ फिफाले यस वर्षबाट दिन सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड रोनाल्डोले आफ्नो पोल्टामा पार्न सफल भएका हुन्।

यस वर्षको वेस्ट प्लेयरका लागि उनीसँगै लियोनल मेसी र फ्रान्सका स्ट्राइकर एन्टोइन ग्रिजम्यान अन्तिम ३ मा छानिएका थिए। तर दुई स्ट्राइकरलाई पछि पार्दै रोनाल्डोले अवार्ड जितेका हुन्।फिफाले उनलाई सो अवार्ड स्वीजरल्याण्डको जुरिचमा आयोजित एक कार्यक्रममार्फत हस्तान्तरण गरेको हो। गत डिसेम्बरमा बालोन डि’ओरको उपाधि जितेका रोनाल्डोले आफ्नो देश पोर्चुगललाई सन् २०१६ को युरोकप उपाधि दिलाएका थिए।

३१ वर्षीय रोनाल्डोले अवार्ड समारोहमा बोल्दै भने, ‘ट्रफि जितेकोमा खुसी छु। निकै गौरवको महसुस गरिरहेको छु।’ उनले २०१६ उत्कृष्ट तरिकाले अन्त्य गरेको बताए। अवार्ड वितरण समारोहमा मेसी भने उपस्थित थिएनन्।

त्यस्तै लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी उत्कृष्ट पुरुष टोलीको प्रशिक्षक घोषित भएका छन् भने जमर्नीकी पूर्वप्रशिक्षक सिल्भिया नेइडले महिला फुटबल प्रशिक्षकको उपाधि जितेकी छिन्।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 11:45:18

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाहिरी चक्रपथको स्केच नमूना

    बाहिरी चक्रपथको चक्कर

    बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) यो महिनाभर मन्त्रिपरिषदमा लगिने भइएको छ। यसका लागि शहरी विकास मन्त्रालयले गृहकार्य गरिरहेको छ।...

  • दुई चरणमा निर्वाचन गर्ने सहमति, मोर्चाले आन्दोलन फिर्ता लिने

    सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबारदेखि भइरहेको वार्ता अन्ततः सहमतिमा गएर टुंगिएको छ। शनिबार प्रधानमन्त्री...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...