पोखरामा राष्ट्रिय भलिवल प्रतियोगिता हुने



राखेप

पर्यटकीय नगरी पोखरामा माघको तेश्रो साताबाट महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना, कास्की जिल्ला खेलकुद विकास समितिको ब्यबस्थापन र सृजना विकास केन्द्रको मुख्य प्रायोजनमा माघको १८ गतेदेखी २२ गतेसम्म महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

नेपाल भलिवल संघको स्विकृतिमा आयोजनामा हुने प्रतियोगितामा पश्चिमाञ्चल भलिवल संघ र जिल्ला भलिवल संघ कास्की सहयोगीको रुपमा रहेको छ।

प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लव र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए।

लिगकम नकआउटको आधारमा हुने खेल पोखरा रंगशालामा हुनेछ। रंगशालाभित्र निर्माण भईरहेको भलिवल टे«निङ सेन्टरमा अस्थायी भलिवल कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाईने पौडेलले बताए।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 17:44:47

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...