अल्ट्राधावक मिरा २८ लाख नगदसहित सम्मानित



अल्ट्रा म्याराथन धाविका मिरा राईलाई नगद २८ लाख रुपैयाँसहित सम्मान गरिएको छ। मिरालाई अल्ट्राम्याराथनमा अन्तराष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल भएको भन्दै झापाको दमकमा नगदसहित सम्मान गरिएको हो। बेलायतमा रहेका आधा दर्जन संघसंस्थाले संयुक्तरुपमा उनलाई २८ लाख नगदसहित सम्मान गरेका हुन्।

दमक रेडक्रसको भवनमा बिहीबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्टले मिरालाई नगदसहित सम्मानित गरे। बेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङ्गको पहलमा किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेसनको सहयोगमा उक्त रकम जुटाइएको हो। कार्यक्रममा मिरालाई अल्ट्राम्याराथनमा लाग्न प्रेरित गर्ने कराते प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि २ लाख नगदसहित सम्मानित गरिएको थियो।

मिरा नेसनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको ‘एड्भेन्चरर्स अफ दि इयर’को ‘पिपुल्स च्वाइस अवार्ड’को मनोनयनमा परेकी थिइन्। भोजपुर सानोदुम्जा घर भएकी २६ वर्षीया मिरा राई पूर्व माओवादी लडाकु हुन्। शान्ति सम्झौतापछि सेना समायोजनमा अयोग्य ठहर भएर बहिर्गमनमा परेपछि मिरा धावनमा लागेकी थिइन्।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 19:18:51

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत

    केन्द्रिय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६ दशमवल ९४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर सबैभन्दा बढी...

  • राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने पाँच दलको निर्णय

    पाँच राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राजनीतिक संवादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ। मंगलबार बेलुका प्रधानमन्त्री निवास...

  • यस्तो छ कांग्रेसले सार्वजनिक गरेको 'स्थानीय तह निर्वाचनको घोषणापत्र'

    स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तयार पारेको चुनावी घोषणापत्र आज मंगलबार सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    ओबरमा भारतको हरियो बत्तीको खाँचो

    चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै...