यी दश उपलब्धी जुन २०१७ मा मेसीले हासिल गर्न सक्छन्



२९ वर्षीय फुटबलर लियोनल मेसीले प्राप्त गर्न बाँकी उपलब्धी के होला? सायद तपाईंको उत्तर हुनेछः विश्वकप उपाधि। सन् २०१७ मा विश्वकप हुनेछैन। त्यसैले उनले त्यो उपाधि हात पार्ने सम्भावना पनि छैन। तर सन् २०१७ मा मेसीले यी उपलब्धी हासिल गर्न सक्छन्ः

१. बार्सिलोनका लागि ५ सय गोलः ५ सय गोलको कोसेढुंगा पार गर्नका लागि मेसीले यो साल मात्र २४ गोल गर्नुपर्ने हुन्छ। उनीले हालसम्म बार्सिलोनाका प्रतिस्पर्धात्मक खेलमा ४ सय ७६ गोल गरिसकेका छन्। अवश्य पनि यसमा मैत्रीपूर्ण खेलमा उनले गरेको गोल गणना गरिएको छैन।

२. एक सय च्याम्पियन्स लिग गोलः मेसीले च्याम्पियन्स लिगमा यो सिजन समूह चरणमै १० गोल गरिसकेका छन्। हाल उनको च्याम्पियन्स लिग गोल संख्या ९३ पुगेको छ। च्याम्पियन्स लिगमा १ सय गोल पु¥याउन उनले प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडका क्रिष्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। रोनाल्डोले ९५ गोल गरेका छन्।

३. बार्सिलोनाका लागि ६ सय खेलमा सहभागिताः मेसीले २०१६ सम्ममा बार्सिलोनाका लागि ५५१ सहभागिता जनाएका छन्। उनले ६ सय सहभागिता जनाउने हो भने पूर्व कप्तान कार्लोस पुयोलको रेकर्ड तोड्नेछन्। पुयोलले बार्सिलोनाका लागि ५९३ खेलमा सहभागिता जनाएका थिए। सोभन्दा बढी सहभागिता जाभी हर्नान्डेज र आन्द्रेस इनिस्टाको मात्र छ।

४. पाँचौँ च्याम्पियन्स लिग उपाधिः मेसीले बार्सिलोनाका लागि सन् २००६, २००९, २०११ र २०१५ समेत गरेर चार पटक उपाधि जितिसकेका छन्। यो साल जित्न सके त्यो उनको पाँचौँ च्याम्पियन्स लिग उपाधि हुनेछ।

५. एउटै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीः मेसीले बार्सिलोनका लागि ४७६ गोल गरिसकेका छन्। युरोपमा त्यसभन्दा बढी एकै क्लबका लागि गोल गर्नेहरुमा ह्याम्बर्गका लागि उवे सिलरले ५०७, सेल्टिकका लागि जिम्मी म्याक्ग्रोरीले ५२२ र बायर्न म्युनिखका लागि गर्ड मुलरले ५२५ गोल गरेका छन्।

६. लास पालमासविरुद्ध गोलः लास पालमासबाहेक मेसीले लालिगामा रहेका सबै टोलीका विरुद्ध गोल गरिसकेका छन्। बार्सिलोना र लास पालमासबीचको खेल जनवरी १४ तारिखका दिन तय भएको छ।

७. विदेशी टोली विरुद्ध १ सय गोलः मेसीले हालसम्म स्पेनबाहिरका टोलीविरुद्ध ९७ गोल गरिसकेका छन्। यो वर्ष उनले सो संख्या १ सय माथि पु¥याउने अपेक्षा गर्न सकिन्छ।

८. ओपेनिङ गोल रेकर्डः ह्युगो साञ्चेजले ७६ खेलमा सुरुवाती गोल गरेका छन्। मेसीले उनीभन्दा पाँच कम सुरुवाती गोल गरेका छन्।

९. बार्सिलोनाका लागि ४ सय जितः मेसीले बार्सिलोनाका लागि ३९० खेल जितिसकेका छन्। यस साल उनले बार्सिलोनाका लागि ४ सय जित हासिल गर्ने लगभग निश्चित छ।

१०. बार्सिलोनाका लागि ५ सय खेलमा सुरुवातः मेसीले बार्सिलोनाका लागि सहभागिता जनाएका ५५१ खेलमध्ये ४८४ खेलमा सुरुवात गरेका छन्। एजेन्सी 

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 18:26:27

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...